२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

सल्यानमा फराकिलो मतअन्तरले बाम गठबन्धनको अग्रता कायमै

२४ मंसिर २०७४, आईतवार ०५:२२

शंकर केसी/मङ्सिर २४, सल्यान । सल्यानमा बाम गठबन्धनका उम्मेदवारहरु फराकिलो मतअन्तरका साथ अघि बढिरहेका छन् । 

प्रतिनिधीसभातर्फ ४४ हजार ३८ मत गनिसकदा सम्म माओवादी केन्द्रका टेक बहादुर सस्नेतले आफ्ना प्रतिष्पर्धी काग्रेसका राजेन्द्र बहादुर शाह भन्दा ८ हजार ३५८ मत बढि ल्याएका छन् । वस्नेतले २३ हजार ४१९ र शाहले १५ हजार ६१ मत ल्याएका छन् । यस्तै स्वतन्त्र उम्मेदवार उमाकान्त शर्माले ९३६ मत ल्याएका छन् ।

यस्तै क्षेत्र नम्बर १ मा एमालेका गुलावजंग शाहले काग्रेसका एकराज डागीलाइ ६ हजार ५५ मतले पछि पारेका छन् । २८ हजार ९९९ मत गनिसकदा सम्म शाहले १३ हजार २८० र डागीले ७ हजार २२५ मत ल्याएका छन् भने स्वतन्त्र उम्मेदवार भिमप्रकाश शर्माले ५ हजार २७६ मत ल्याएका छन् ।

यस्तै प्रदेशसभा क्षेत्र नम्बर २ मा पनि बाम गठबन्धनकै उम्मेदवारले अग्रता शुरुदेखि नै कायम गर्दै आएका छन् । ६ नम्बर प्रदेशको भावि मुख्यमन्त्रीको रुपमा पनि हेरिएका एमाले पोलिटव्युरो सदस्य प्रकाश ज्वालाले काग्रेसका डिल्लीराज रेग्मीलाइ ५ हजार ८६३ मतले पछि पार्दै शुरु देखि नै अग्रता कायम गरेका छन् ।

२८ हजार १६९ मत गनणा भइसक्दा ज्वालाले १२ हजार ९१८ मत ल्याउँदा रेग्मीले ७ हजार ५५ मत ल्याएका छन् । र राप्रपाका उम्मेदवार राजेन्द्रविर रायले ५ हजार ५८ मत ल्याएका छन् ।

सल्यानमा धेरै मत बदर भएको पाइएको छ । प्रतिनिधीसभाको मतपरिणाम अनुसार ७.७१ प्रतिशत मत बदर भेटिएको छ । मतदाता शिक्षा प्रभावकारि नहुँदा तथा दलहरुले पनि मतदातालाइ भोट हाल्ने तरिका नसिकाउँदा मत बदर भएको पाइएको छ ।

प्रतिनीधीसभा निर्वाचनमा जिल्लाभर ८३ हजार ८३२ मत खसेको थियो । र प्रदेश क मा ६६ हजार ९४१ र ख मा ६७ हजार २७२ मत खसेको थियो । मत गणनामा सहभागी कर्मचारिहरुले एक हजार मत गन्न करिव एक घण्टा १५ मिनेट समय लाग्ने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य