२०८२, ८ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दोलखा - DLKH

प्रतिनिधिसभातर्फ देशभरीमै सबैभन्दा बढी मत अन्तरले जित्ने पार्वत गुरुङ को हुन ?

२०७४, २४ मंसिर आईतवार ०६:१९

ताराबहादुर महत । मंसिर २४, दोलखा । प्रतिनिधि सभाको एकमात्र सिट रहेको दोलखामा अहिलेसम्मकै फराकिलो मत अन्तरले एमाले उम्मेद्वार पार्वत गुरुङ विजयी हुनुभएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय दोलखाले शनिबार सार्वजनिक गरेको अन्तिम मत परिणाम अनुसार एमाले उम्मेद्वार गुरुङले निकटतम प्रतिद्वन्द्वी काङ्ग्रेसका उम्मेद्वार रुद्रबहादुर खड्कासँग ३० हजार ६ सय ४४ मत अन्तरले विजयी हुनुभएको हो । यो प्रतिनिधिसभा निर्वाचनको घोषित परिणाममध्ये सबै भन्दा धेरै मत अन्तर हो । विजयी गुरुङले ५५ हजार ४ सय ५७ मत र प्रतिद्वन्द्वी खड्काले २४ हजार ८ सय १३ मत प्राप्त गर्नुभएको थियो । 


विजयी सांसद तथा एमाले नेता पार्वत गुरुङको जन्म माता जितुमाया गुरुङ र पिता मकरध्वज गुरुङको कोखबाट वि.स. २०२५ साल श्रावण ५ गते दोलखाको उत्तरी विकट गाउँ सुरी गाविसमा भएको हो । विकट ठाउँमा जन्मिएर पनि उहाँले अर्थशास्त्रमा स्नातकोत्तर तहसम्मको शिक्षा हाँसिल गर्नुभएको छ । विद्यायल जीवन दोलखाको साविक लादुक गाविसमा व्यतित गर्नुभएका गुरुङ २०३७ सालमा अनेरास्ववीयुबाट विद्यार्थी राजनिति शुरु गर्नुभएको हो । उहाँ अनेरास्ववीयु दोलखाको संस्थापक सदस्य समेत हुनुहुन्छ ।

वि.स. २०५४ सालमा तत्कालिन जिल्ला विकास समिति दोलखाको सदस्य भएर काम गर्नुभएका नेता गुरुङ पार्टीको गाउँ तहदेखि अहिले केन्द्रिय सदस्यको भुमिकामा रहनुभएको छ । यसविचमा उहाँ नेकपा एमाले सुरीको गाउँ कमिटी सचिव, इलाका कमिटी सचिव, जिल्ला कार्यसमिति सदस्य, सचिवालय सदस्य, निर्वाचन क्षेत्रिय कमिटी संयोजक हुँदै नेकपा एमालेको जिल्ला अध्यक्षको भुमिका निर्वाह गरी सक्नुभएको छ । त्यसै गरी पार्टीको राष्ट्रिय प्रतिनिधि परिषद सदस्य, अञ्चल कमिटी सदस्य भएर समेत पार्टी र राष्ट्रिय राजनितिलाई नजिकबाट नियाली सक्नुभएको छ ।


पार्टीको जिल्ला अध्यक्ष र अञ्चल कमिटीको भुमिका निर्वाह गरे पश्चात्त २०७० मा भएको दोश्रो संविधान सभा निर्वाचनमा दोलखा क्षेत्र नम्बर १ बाट प्रतिस्पर्धि काङ्ग्रेस उम्मेद्वारलाई ४ हजार ठुलो मत अन्तरले पराजित गर्दै विजयी हुनु भएको थियो । पहिलो संविधान सभाले नयाँ संविधान बनाउन नसक्नु र दोश्रो संविधान सभाले देशमा जनताको चाहाना अनुसार नयाँ संविधान निमार्ण गरेपछि गुरुङको राजनितिक उचाई थप बढेको थियो । खासगरी नयाँ संविधानमा युवाहरुका सवाल उठानमा गुरुङले खेलेको भुमिकाका कारण अझ युवाहरुमाझ गुरुङ धेरै लोकप्रिय नेताका रुपमा चर्चित हुनुहुन्छ । स्वदेशमै कलकारखाना, उद्योग धन्दा, पेशा व्यवसाय संचालन गरेर युवाहरुलाई स्वदेशमै रोजगारीको व्यवस्था गर्नुपर्नेमा सदैव उहाँ लागिरहनुभएको छ ।

२०७० को निर्वाचन जितेर नयाँ संविधान निमार्ण गर्नु पहिलो जिम्मेवारी भएपनि सांसद विकास कोषको निर्वाचन क्षेत्र विकास कार्यक्रम र अन्य कार्यक्रममार्फत दोलखाको सडक, विद्यालय, खानेपानी, सिँचाई, पुलपुलेसा निमार्ण लगायत क्षेत्रमा उल्लेखनिय योगदान गर्नुभएका गुरुङ धेरै दोलखालीहरुको मन मुटुमा बस्न सफल नेता हुनुहुन्छ । आफू विकट गाउँमा जन्मेर भोग्नु परेको कष्टका कारण पनि त्यस्तो कष्ट कसैले भोग्नु नपरोस भनेर विकास निमार्ण गरी समग्र दोलखा जिल्लालाई नै सुगम बनाउन आफू अहोरात्र खटिएर लागिरहेको उहाँको भनाई छ ।

पार्टीको केन्द्रिय कमिटीसम्म बसेर काम गरीरहनुभएका र राष्ट्रिय राजनितिलाई राम्रोसँग बुझिसकेकोले आफूले निर्वाचन ताका बनाएका योजनाहरु व्यवहारिकतामा आधारित भएको गुरुङको दाबी छ । अघिल्लो निर्वाचन जितेपछि शुरु गरेका जनताका काम पुरा गर्न यो जितको आफूले  भरपुर उपयोग गर्ने  उहाँको प्रतिबद्धता छ । आफूले एमाले उम्मेद्वार बनेर जितेको भएपनि अबदेखि सबै दोलखाली जनताको सेवक बनेर काम गर्ने उहाँको भनाई छ । विशेष गरी दोलखाको समृद्धिका लागि जलश्रोत, जंगल, जडीबुटी लगायतका प्राकृतिक श्रोत र पर्यटकिय क्षेत्रको विकास गरेर अघि बढ्ने कार्यक्रम रहेकोले पनि समृद्ध दोलखा हेर्न आतुर दोलखाली जनताहरुको सपना पुरा हुने गुरुङको विश्वास छ ।



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा