पर्वत /पर्वतमा बामपन्थी शक्तिको राम्रो जनमत भएको मानिन्छ तर निर्वाचनमा भने निरन्तर पराजय भोग्दै आउने गरेको छ । २६ बर्ष पछि पर्वतका तीन वटै सिटमा बामगठबन्धनले क्लिन स्विप"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत /पर्वतमा बामपन्थी शक्तिको राम्रो जनमत भएको मानिन्छ तर निर्वाचनमा भने निरन्तर पराजय भोग्दै आउने गरेको छ । २६ बर्ष पछि पर्वतका तीन वटै सिटमा बामगठबन्धनले क्लिन स्विप"/>
११ माघ २०८२, शनिबार
पर्बत - PBT

२६ बर्षपछि पर्वतबासीले यसरी खुसियाली मनाए हेर्नुहोस फोटो फिचर

२४ मंसिर २०७४, आईतवार १३:४१

पर्वत /पर्वतमा बामपन्थी शक्तिको राम्रो जनमत भएको मानिन्छ तर निर्वाचनमा भने निरन्तर पराजय भोग्दै आउने गरेको छ । २६ बर्ष पछि पर्वतका तीन वटै सिटमा बामगठबन्धनले क्लिन स्विप गरेपछि भने बिजय उत्सबमा जनसागर नै उर्लिएको छ ।
प्रतिनिधीसभा र प्रदेशसभाका दुई वटै स्थानमा फराकिलो मतान्तरले बाम गठबन्धनका उमेदवारले जित हासिल गरेपछि बिजय उत्सब मनाउन १० हजार भन्दा बढी समर्थकहरु सहभागि भएका हुन ।

बिजय उत्सबमा सहभागि हुन पर्वतको सदरमुकाम कुस्मा, वरपरका गाबिस तथा सुदुर दक्षिण र सुदुर उत्तरका क्षेत्रबाट समर्थकहरु भेला भएका थिए । बिजय जुलुसमा सहभागीहरुको संख्या देखेर सर्वसाधरणले समेत अहिले सम्मकै सबैभन्दा ठुलो जनसहभागितामा बिजय जुलुस भएको प्रतिकृया दिएका थिए । २०६२÷०६३ सालको जनआन्दोलन उत्कृषमा पुगेका बेला पनि यति ठुलो जुलुस ननिस्केको उनीहरुको धारणा थियो । ‘जन आन्दोलन उत्कृर्षमा पुग्दा समेत पर्वतमा जुलुसमा यति ठुलो सहभागिता देखिएको थिएन’ एमालेका समानुपातिक उमेदवार भोलानाथ शर्माले भने ‘२६ बर्ष सम्म खुलेर बिजयउत्सब मनाउन नपाएका बामपन्थी कार्यकर्ताहरु स्वतः स्र्फुत यसरी सहभागि भएका हुन’

बाजागाजा सहित उपस्थित भएका सर्वसाधरणले २६ बर्ष सम्म नेपाली कांगेसले चुनाब जितेका कारण खुलेर उत्सब मनाउन नपाएपनि यसपटक लाल किल्ला बनाउन सफल भएको प्रतिकृया दिएका थिए । बड्गाउँबाट शुरु भएको जुलुस कुस्माबजारको पुरानो बजार हुँदै पोखरा बागलुङ्ग राजमार्ग भएर बान्द्रबिडी खुल्लाचौरमा पुगी बिजयसभामा परिणत भएको थियो । अहिले सम्म बामपन्थी दलहरुले कुस्माबजारको लोकतन्त्रचोक भन्दा माथि जुलुस लिएर जाने चलन नभएपनि यस पटक पुरानोबजार हुँदै सबै बजार समेत परिक्रमा गरेका थिए ।

बिजय जुलुसमा सहभागीहरुले एक अर्कामा बधाई साटेका थिए भने बिजयी जनप्रतिनिधीहरुलाई सर्बसाधरणले फुलमाला, अबिर र खादा लगाएर बधाई दिएका थिए । पर्वतमा प्रतिनिधीसभामा एमालेका पदम गिरी , प्रदेशसभा १ मा माओबादी केन्द्रका नेत्र अधिकारी र प्रदेससभा ख मा नेकपा –एमालेका बिकास लम्साल बिजयी भएका छन ।

 

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु