२०८२, ८ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

सरकारले राजनीतिक अधिकार कुण्ठित गर्यो: नेकपा

२०७४, २४ मंसिर आईतवार १४:३९

मंसिर २४ बैतडी । नेपाल कम्यूष्ट पार्टी (नेकपा) जिल्ला कार्य समिती बैतडीले वर्तमान सरकारले आफुहरुको राजनीतिक अधिकार कुण्ठित गरेको आरोप लागाएको छ ।

प्रहरीले निर्वाचन गतिविधिमा अवरोध गर्न सक्ने भन्दै नेकपाका छ जना कार्यकर्तालाई प्रहरीले ०७४ कात्तिक ३० गते गिरप्तार गरेको थियो । नेकपाका जिल्ला इन्चार्ज बासुदेव जोशीलाई मंसिर ४० गते किरीयामा बसेकै बेला गिरप्तार गरेको पीडितको आरोप छ ।

०७४ मंसिर २४ गते उनिहरुलाई रिहा गरीएको छ ।  “नेकपाका कार्यकताले मेरो होटलमा खाना खाएकै कारण मलाई २४ दिन थुनामा राखियो” पाटन नगरपालिका– ६ का होटल व्यवसायी गजेन्द्र चन्दले भने । खेतमा काम गरीरहेका वेला नेकपा संग आस्था राखेकै कारण पुचौँडी नगरपालिका, हाटका बसन्तराज जोशीलाई पनि प्रहरीले गिरप्तार गरी थुनामा राखेको थियो ।

विद्यालयमा शिक्षण गरीरहेका स्थानीय शिक्षक बासुदेव बोहरालाई पनि प्रहरीले गिरप्तार गरेको थियो । कसैलाई असर नगर्ने गरी भेला तथा संगठित हुन पाउने अधिकारमाथि सरकारले दमन गरेको नेकपाको आरोप छ । हामीले कुनै निर्वाचन गतिविधि नगरेको भएपनि संकाकै भरमा गिरप्तार गरि थुनामा राखेर आफुहरुको मनवअधिकार उलंघन गरेको पीडित हरीलाल विश्वकर्माको भनाई छ ।

थुनामा भने प्रहरीले कुनै किसमको यातना नदिएको पिडितहरुको भनाई छ ।  मानव अधिकारका दृष्टीकोणले कुनै व्यक्तिले स्वतन्त्र रुपमा कसैलाई असर नपर्ने गरी शान्तिपुर्ण तरिकाले भेला तथा संगठित हुन पाउने अधिकारमाथि कुनै पनि निकायले हस्तक्षेप गर्न पाउदैन ।

यस सम्बन्धि जिल्ला प्रहरी कार्यालय, बैतडीलाई बुझ्दा निर्वाचनलाई शान्तिपुर्ण रुपमा सम्पन्न गर्न नेकपाका कार्यकर्ताहरुलाई थुनामा राखिएको र मतगणना सकिएपछि छोडिएको जिल्ला प्रहरी प्रमुख डिएसपी हेरम्ब शर्माले बताए ।

 

०७४ मंसिर २४ गते थुनामुक्त भएका नेकपाका कार्यकर्ता । विनाकारण थुनामा राखी सरकारले आफुहरुको राजनीतिक अधिकार कुण्ठित गरेको उनिहरुको आरोप छ । तस्बिर: नरी बडु, बैतडी, सास 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा