प्रतिनिधि सभा तर्फ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रतिनिधि सभा तर्फ"/>
२०८२, ८ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘बाम पार्टनरशीप’: १ शतक पुरा, दुई तिहाई पुर्याउने खेलाडीहरु अझै मैदानमा !

२०७४, २४ मंसिर आईतवार २१:३५

मङ्सिर २५, काठमाडौँ | प्रतिनिधिसभा मत परिणाम अनुसार सोमबार बिहानसम्म बाम गठबन्धनले १ सतक अर्थात १०० सिटको योगफल तयार पारेको छ | 

प्रतिनिधि सभा तर्फ प्रत्यक्ष उम्मेदवार निर्वाचित हुने कुल सिट- १६५ मा बाम गठबन्धनले यो समाचार तयार पार्दासम्म १०१ सिट आफ्नो पोल्टामा पारीसकेको छ | नवलपुर क्षेत्र नम्बर २ मा एमालेका तिलक महतले बिजय हासिल गरेसँगै वाम गठबन्धनले शतक पार गरेको हो । बाम गठ बन्धनको पोल्टामा अहिले १०१ सिट पर्दा नेपाली कांग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धन भने १६ सिटमै सिमित छ | कांग्रेसको १५ सिट छ भने नयाँ शक्तिको १ सिट जोड्दा लोकतान्त्रिक गठबन्धनको १६ सिटको योगफल तयार भएको हो | वामपन्थी गठबन्धनको एमाले एक्लैले ७० सिट, माओवादीबाट २७ सिट, एमालेको सूर्य चिन्हबाट जितेका हृृदेशयेश त्रिपाठी र बृजेश गुप्ताको १/१ सिट र राष्ट्रिय जनमोर्चाले एक सिट जोड्दा १०० पुगेको हो । 

जनमोर्चाको उम्मेदवार दुर्गा पौडेलले प्यूठान क्षेत्र नं. १ मा ४७५१४ मत ल्याई नेपाली कांग्रेसका डा. गोविन्दराज पोखरेललाई पराजित गरेकि हुन् | पोख्रेलको पक्षमा (३१२८६) मत मात्र प्राप्त भएको थियो | 

प्रत्यक्षतर्फ दुईतिहाई आउने पक्का 

यसैबीच बाम गठबन्धनले प्रतिनिधि सभा प्रत्यक्ष तर्फ दुई तिहाई ल्याउने पक्का भएको छ | अग्रताको अवस्थालाई हेर्दा बाम गठबन्धन अझै १४ स्थानमा अगाडी छ | ११० सिट कटाउन सके दुईतिहाई हुन्छ जुन अबको केहि घण्टामा बाम गठबन्धनको पक्षमा देखिने पक्का छ | 

यदी यस चुनावलाई क्रिकेट खेलसँग दाज्ने हो भने ओली र प्रचण्डको पार्टनर्शिप निकै फापेको छ | कांग्रेसले सोच्दै नसोचेको हार ब्याहोर्नुपरेको छ भने निर्वाचन अघि नै ओली-प्रचण्डले प्रत्यक्षमा दुईतिहाई कटाउने भन्ने उद्घोष पुरा हुने देखिएको छ | 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह