प्रतिनिधि सभा तर्फ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रतिनिधि सभा तर्फ"/>
११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘बाम पार्टनरशीप’: १ शतक पुरा, दुई तिहाई पुर्याउने खेलाडीहरु अझै मैदानमा !

२४ मंसिर २०७४, आईतवार २१:३५

मङ्सिर २५, काठमाडौँ | प्रतिनिधिसभा मत परिणाम अनुसार सोमबार बिहानसम्म बाम गठबन्धनले १ सतक अर्थात १०० सिटको योगफल तयार पारेको छ | 

प्रतिनिधि सभा तर्फ प्रत्यक्ष उम्मेदवार निर्वाचित हुने कुल सिट- १६५ मा बाम गठबन्धनले यो समाचार तयार पार्दासम्म १०१ सिट आफ्नो पोल्टामा पारीसकेको छ | नवलपुर क्षेत्र नम्बर २ मा एमालेका तिलक महतले बिजय हासिल गरेसँगै वाम गठबन्धनले शतक पार गरेको हो । बाम गठ बन्धनको पोल्टामा अहिले १०१ सिट पर्दा नेपाली कांग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धन भने १६ सिटमै सिमित छ | कांग्रेसको १५ सिट छ भने नयाँ शक्तिको १ सिट जोड्दा लोकतान्त्रिक गठबन्धनको १६ सिटको योगफल तयार भएको हो | वामपन्थी गठबन्धनको एमाले एक्लैले ७० सिट, माओवादीबाट २७ सिट, एमालेको सूर्य चिन्हबाट जितेका हृृदेशयेश त्रिपाठी र बृजेश गुप्ताको १/१ सिट र राष्ट्रिय जनमोर्चाले एक सिट जोड्दा १०० पुगेको हो । 

जनमोर्चाको उम्मेदवार दुर्गा पौडेलले प्यूठान क्षेत्र नं. १ मा ४७५१४ मत ल्याई नेपाली कांग्रेसका डा. गोविन्दराज पोखरेललाई पराजित गरेकि हुन् | पोख्रेलको पक्षमा (३१२८६) मत मात्र प्राप्त भएको थियो | 

प्रत्यक्षतर्फ दुईतिहाई आउने पक्का 

यसैबीच बाम गठबन्धनले प्रतिनिधि सभा प्रत्यक्ष तर्फ दुई तिहाई ल्याउने पक्का भएको छ | अग्रताको अवस्थालाई हेर्दा बाम गठबन्धन अझै १४ स्थानमा अगाडी छ | ११० सिट कटाउन सके दुईतिहाई हुन्छ जुन अबको केहि घण्टामा बाम गठबन्धनको पक्षमा देखिने पक्का छ | 

यदी यस चुनावलाई क्रिकेट खेलसँग दाज्ने हो भने ओली र प्रचण्डको पार्टनर्शिप निकै फापेको छ | कांग्रेसले सोच्दै नसोचेको हार ब्याहोर्नुपरेको छ भने निर्वाचन अघि नै ओली-प्रचण्डले प्रत्यक्षमा दुईतिहाई कटाउने भन्ने उद्घोष पुरा हुने देखिएको छ | 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप