२०८२, ८ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चितवन १ बाट पूर्व अर्थमन्त्री पाण्डे विजयी

२०७४, २५ मंसिर सोमबार ०३:१८

मङ्सिर २५, चितवन । जिल्लामा जारी मतगणनाको आज बिहान जारी अन्तिम परिणामअनुसार प्रतिनिधिसभातर्फ क्षेत्र नं १ मा नेकपा (एमाले)का सुरेन्द्र पाण्डे विजयी हुनुभएको छ । 

पाण्डेले ५१ हजार ८० मत प्राप्त गर्नुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका राजेन्द्र बुर्लाकोटीले ३५ हजार ३६० मत प्राप्त गर्नुभएको छ । पाण्डेले १५ हजार ७२० मतान्तरले बुर्लाकोटीलाई पराजित गर्नुभएको हो । सो क्षेत्रमा ८९ हजार ७४६ मत खसेको थियो । 

यस्तै चितवन क्षेत्र नम्बर ३ को प्रदेशसभामा दुवै क्षेत्रमा वाम गठबन्धनका उम्मेदवार विजयी भएका छन् । चितवन क्षेत्र न ३ प्रदेशसभा (१) मा एमालेका तर्फबाट उम्मेदवार रहनुभएका कृष्ण भूर्तेल दुई हजार ४६ मत अन्तरले विजयी हुनुभएको छ । उहाँले २३ हजार ४११ मत प्राप्त गर्दा उहाँका निकतटम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका दिनेश कोइराला २१ हजार ३६५ मत प्राप्त गर्नुभएको थियो । 

यस्तै प्रदेशसभा (२) मा माओवादी केन्द्रका रामलाल महतो विजयी हुनुभएको छ । उहाँले आफ्ना निकटतम प्रतिद्वन्द्वीलाई नौ हजार ११६ मतले पराजित गर्नुभएको छ । महतोले २५ हजार ६१ मत प्राप्त गर्नुभयो भने नेपाली काँग्रेसका उम्मेदवार साजककुमार महतोले १५ हजार ९४ मत प्राप्त गर्नुभएको थियो । 

मतअन्तर बढाउँदै दाहाल 

चितवन क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार रहनुभएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मतअन्तर बढाउँदै जानुभएको छ । 

उहाँले अहिलेसम्म गणना भएको ६८ हजार ५९२ मतमध्ये ३६ हजार ५७७ प्राप्त गर्नुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी राप्रपा प्रजातान्त्रिकका विक्रम पाण्डेले २७ हजार १११ मत प्राप्त गर्नुभएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा