मंसिर २५, चितवन । नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चितवन ३ बाट निर्वाचित भए लगत्तै सरकार गठन र पार्टी एकता सँगै हुने अभिव्यक्ति दिएका छन् । प्रचण्डले प्रत"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मंसिर २५, चितवन । नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चितवन ३ बाट निर्वाचित भए लगत्तै सरकार गठन र पार्टी एकता सँगै हुने अभिव्यक्ति दिएका छन् । प्रचण्डले प्रत"/>
२०८२, ८ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

देउवालाई धन्यवाद दिँदै प्रचण्डले पार्टी एकता र सरकारबारे मुख खोले

२०७४, २५ मंसिर सोमबार ०७:५५

मंसिर २५, चितवन । नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चितवन ३ बाट निर्वाचित भए लगत्तै सरकार गठन र पार्टी एकता सँगै हुने अभिव्यक्ति दिएका छन् । प्रचण्डले प्रतिकुलताका बीच चुनाव गरेको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई समेत धन्यवाद दिए ।

प्रचण्डले पराजय भोग्नु पर्ने थाहा हुँदा-हुँदै पनि चुनाव गर्ने बाचा पूरा गरेको भन्दै देउवाको तारिफ समेत गरे ।

साथै प्रचण्डले आफ्ना मतदातालाई समेत धन्यवाद दिएका छन् । प्रचण्डले जनताले स्थायित्वका लागि आफूलाई मत दिएको भन्दै इमान्दार भएर जनतासामू गरिएका बाचा कार्यान्वयनमा लाग्ने बताए । निर्वाचनपछी एमाले-माओवादी भागवण्डा को बिषयमा बोल्दै प्रचण्डले भागबण्डानै मुख्य एजेन्डा नहुने बताउँदै देशको सम्बृद्धि र स्थायित्व प्रमुख एजेण्डा भएको जिकिर गरे । 

प्रचण्डले एमालेले सरकार नेतृत्व गर्ने सम्भावना स्वीकार गर्दै एमालेले सरकार चलाउँदा माओवादीलाई आपत्ति नहुने बताए । 

प्रचण्डले प्रदेश २ को मत परीणाम चित्त बुझ्दो नभएको भन्दै वाम गठबन्धनले अझ मेहनत गर्नु पर्ने र जनताका बीच जानु पर्ने धारणा राखे । 

अध्यक्ष दाहालले कांग्रेसले कम सिट ल्याएपनि कांग्रेसको भुमिका महत्वपुर्ण रहने दावी गरे । उनले भने 'आर्थिक विकासदेखि राष्ट्रिय मुद्धा र शान्तिप्रकृया टुङ्गोमा पुर्‍याउन कांग्रेस भुमिका अहम छ।' दाहालले आगामी दिनमा कांग्रेससंग सहकार्य गर्ने समेत बढाए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा