११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

निर्वाचनका समयमा व्यक्त प्रतिबद्धता पूरा गर्नेछौँ: दाहाल

२५ मंसिर २०७४, सोमबार १२:४७

मङ्सिर २५, चितवन । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वाम गठबन्धनले निर्वाचनका समयमा व्यक्त गरेका प्रतिबद्धता इमान्दारीपूर्वक पूरा गर्ने बताउनुभएको छ । 

मुख्य निर्वाचन अधिकृतको कार्यालयले आज भरतपुरमा आयोजना गरेको प्रमाणपत्र वितरण समारोहमा उहाँले राष्ट्रियता, राष्ट्रिय एकता, स्वाधीनताका लागि समर्पित भई अगाडि बढ्ने बताउनुभयो । 

अध्यक्ष दाहालले जनताले राजनीतिक परिवर्तनका लागि ठूलो भूमिका खेलेको उल्लेख गर्दै समाजवादको आधारशीला तयार पारी आर्थिक क्रान्तिमा लाग्ने अबको हाम्रो अभियानमा पनि जनतालाई सहयोग गर्न आग्रह गर्नुभयो । 

स्वदेश तथा विदेशमा रहनु भएका आम नेपालीलाई निर्वाचनमा गरेको सहयोगप्रति धन्यवाद व्यक्त गर्दै उहाँले भन्नुभयो, “वाम गठबन्धन बनाएर स्थायित्व, समृद्धिको नारासहित जनतासामु प्रस्तुत भयौँ, यसलाई पूरा गर्नेछौँ, ।” 

अध्यक्ष दाहालले नेपाल राजनीतिक अस्थिरता र अराजकताको युगबाट राजनीतिक स्थायित्व, विकास र समृद्धिको नयाँ युगतर्फ प्रवेश गरेको बताउँदै “नेपाल इतिहासको नयाँ युगतिर प्रवेश गर्ने कुराको शुरुवात भएको छ” भन्नुभयो । 

सो अवसरमा चितवन क्षेत्र नं ३ का निर्वाचन अधिकृत शम्भुराज रेग्मीले अध्यक्ष दाहाल र प्रदेशसभामा निर्वाचित कृष्णप्रसाद भूर्तेल र रामलाल महतोलाई प्रमाणपत्र वितरण गर्नुभएको थियो भने मुख्य निर्वाचन अधिकृत कुलप्रसाद शर्माले क्षेत्र नं २ का कृष्णभक्त पोखरेल र प्रदेशसभाका घनश्याम दाहाल र विजय सुवेदीलाई प्रमाणपत्र वितरण गर्नुभएको थियो । 

त्यसैगरी क्षेत्र नं १ का निर्वाचन अधिकृत परमेश्वर पराजुलीले प्रतिनिधिसभाका सुरेन्द्र पाण्डे र प्रदेशसभाका दावा दोर्जे लामा र कृष्ण खनाललाई प्रमाणपत्र वितरण गर्नुभएको थियो । उक्त कार्यक्रममा वन तथा भूसंरक्षण मन्त्री एवं दाहालका निकटतम प्रतिस्पर्धी बिक्रम पाण्डेले विजयी दाहाललाई बधाई तथा शुभकामना व्यक्त गर्नुभएको थियो ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप