११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रचण्डद्वारा आम मतदातालाई सन्देश, नयाँ सरकारको लागि देउवासँग सहयोग मागे

२५ मंसिर २०७४, सोमबार १४:३९

काठमाडौँ, २५ मंसिर (रासस) | नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वाम गठबन्धनलाई नेपाली जनताले ऐतिहासिक रुपमा अनुमोदन गरेको भनी मतदाताप्रति आभार प्रकट गर्नुभएको छ । 

नेता दाहालले आज सन्देशमार्फत संविधानसभाबाट संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान घोषणा भएपछिको प्रदेश र प्रतिनिधिसभाको पहिलो ऐतिहासिक निर्वाचनमा सिंगो देशको उल्लासपूर्ण सहभागिता र वाम गठबन्धनको विजयले समृद्धिको युग शुरु भएको बताउनुभएको हो । 

उहाँले सन्देशमा भन्नुभएको छ “वाम गठबन्धनको विजयसँगै देशमा राजनीतिक स्थायित्व र आर्थिक समृद्धिको नयाँ युग शुरु भएको छ । यस ऐतिहासिक परिणामका लागि अथक रुपमा क्रियाशील नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) का देशैभरिका नेता–कार्यकर्ता बधाई र धन्यवादका पात्र हुनुहुन्छ ।” 

उहाँले अहिलेको विजयलाई गठबन्धनले परीक्षा र जिम्मेवारीका रुपमा लिने र संयमपूर्वक राष्ट्रिय समृद्धिका लागि थप क्रियाशील हुने जनाउँदै सोहीअनुसार अगाडि बढ्न वामपन्थी नेता, कार्यकर्ता र जनतालाई आग्रह गर्नुभएको छ । 

उहाँले निर्वाचन सम्पन्न गरेकामा प्रधानमन्त्री शेरबहादुर देउवालाई पनि धन्यवाद दिनुभएको छ । पूर्वप्रधानमन्त्रीसमेत दाहालले भन्नुभयो, “अब सरकारबाट संविधानको मर्मअनुसार सहज रुपमा नयाँ सरकार निर्माणमा सहयोगको समेत अपेक्षा गर्दछु ।” 

नवनिर्वाचित सांसद दाहालले आफू र आफ्नो पार्टीमाथि विश्वास गर्ने चितवन क्षेत्र नं ३ का सबै मतदाताप्रति आभार व्यक्त गर्दै आगामी दिनमा विनाभेदभाव चितवनको साझा अभिभावक बन्ने र चितवनलाई आर्थिक समृद्धिको केन्द्र बनाएर समस्त राष्ट्रकै आर्थिक समृद्धिका लागि क्रियाशील रहने प्रतिबद्धता दोहोर्याउनुभएको छ । 

अध्यक्ष दाहाल काँग्रेससहितको राप्रपा(प्रजातिन्त्रक) गठबन्धनका नेता विक्रम पाण्डेलाई नौ हजार ३४१ मतले पराजित गर्दै विजयी हुनुभएको हो । अध्यक्ष दाहालले ४८ हजार २७६ मत प्राप्त गर्नुभएको छ । 

प्रचण्डले बिजयी प्रमाणपत्र लिए 


माथिको तश्विरमा: माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सोमबार भरतपुरमा मुख्य निर्वाचन अधिकृतको कार्यालयले आयोजना गरेको प्रमाणपत्र वितरण समारोहमा सहभागी हुनु हुदै । तस्वीर: नारायण अधिकारी, रासस/चितवन

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप