११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

बैतडीमा राजनीतिक दल र निर्वाचन आयोगको यसरी भयो बेज्जत

२६ मंसिर २०७४, मंगलवार ०२:५५

मङ्सिर २६, बैतडी । मंसिर १० गते भएको प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनमा प्रत्यक्षतर्फ १२ हजारभन्दा बढी मत बदर भएको छ । 

प्रतिनिधिसभातर्फ ७६ हजार १७३ मत खसेकामा सात हजार ५४ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । प्रदेशसभा ‘क’ मा ३८ हजार १८ मत खसेकामा तीन हजार १३६ मत बदर भयो भने (ख) मा ३८ हजार १५५ मत खसेकामा दुई हजार ५९० मत बदर भएका छन् । समग्रमा प्रत्यक्षतर्फ प्रदेशसभा र प्रतिनिधिसभामा कूल खसेको मतमध्ये आठ दशमलव नौ प्रतिशत मत बदर भएको छ । 

मतदाता शिक्षा प्रभावकारी नहुँदा बदर मतको संख्या बढेको हो । जिल्लामा १८२ मतदाता शिक्षा स्वयंसेवक परिचालन गरिए पनि स्वयंसेवक नै मतदाता शिक्षाका विषयमा अलमल हुँदा बदर मतको संख्या बढेको स्थानीयवासीले बताएका छन् । 

स्थानीय तहको निर्वाचनमा दुई दशमलव ३५ प्रतिशतमात्रै मत बदर भएको थियो । ढिलो गरी मतदाता शिक्षा कार्यक्रम सञ्चालन हुनुले पनि बदर मतको संख्या बढेको हुन सक्ने मुख्य निर्वाचन अधिकृत विष्णुप्रसाद गौतमको भनाइ छ । बदर मतले मतपरिणाममा समेत असर पुग्ने जगन्नाथ बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख पृथ्वीराज अवस्थी बताउनुहुन्छ । 

मतदाता शिक्षा स्वयंसेवकहरु औपचारिकताका लागि मात्रै गाउँघरमा पुग्ने गरेकाले पनि मतदाता शिक्षा प्रभावकारी नभएको हो । समानुपातिकतर्फको मतगणना जारी रहँदा प्रत्यक्षतर्फको भन्दा समानुपातिकमा बढी मत बदर भएको मुख्य निर्वाचन अधिकृत गौतमको भनाइ छ । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप