२०८२, ८ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कैलाली १ मा रेशम चौधरी २० हजारबढी मतान्तरले विजयी

२०७४, २६ मंसिर मंगलवार ०३:४९

मङ्सिर २६, काठमाडौं । वारेसनामामार्फत् उम्मेदवारी दिएका रेशमलाल चौधरी कैलाली क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा सदस्यका लागि निर्वाचित भएका छन् । 

उनी २० हजार ९३४ मतान्तरले विजयी भएका हुन् । उनका निकट्तम प्रतिद्वन्द्वी एमालेकी गरिमा शाहले १३ हजार ४०६ मत ल्याइन् भने नेपाली कांग्रेसकी ईश्वरी न्यौपानेले ११२०३ मत ल्याइन् ।

दुई वर्षअघि भएको टीकापुर घटनाका मुख्य अभियुक्त बनाइपछि चौधरीले वारेसनामामार्फत् राष्ट्रिय जनता पार्टी नेपालबाट प्रतिनिधिसभामा उम्मेदवारी दिएका छन् ।

को हुन् रेशम ?

रेशम चौधरीको कैलालीमै फूलवारी एफ एम र फूलवारी रिसोर्ट सञ्चालनमा रहेको थियो । तर टिकापुर घटनापछि एफएम र रिसोर्टमा आक्रोसितहरुले तोडफोड गरेपछि अहिले दुवै बन्द छन् ।

 

दरबार हत्याकाण्ड अघिसम्म रेशक चौधरी दरबारका मान्छे थिए । दरबारमा खेल सिकाउने र बेलाबेला गीत गाएर मनोरञ्जन दिलाउने पात्र हुन् रेशम । २०६२/०६३ को आन्दोलन अगाडि राजाले शासन हातमा लिएको बेला हुने नागरिक अभिनन्दनको चाँजोपाँजो मिलाउने काम रेशमले नै गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह