११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यी हुन् एमालेले अग्रता लिईरहेको ४ क्षेत्र, कति छ मतान्तर ?

२६ मंसिर २०७४, मंगलवार ०३:५१

मङ्सिर २६, काठमाडौँ | प्रतिनिधि सभा अन्तर्गत एमाले अब ४ क्षेत्रमा अग्रता लिईरहेको छ | पछिल्लो अपडेट अनुसार सुनसरी क्षेत्र नम्बर ३ मा मत गणना स्थगित छ | यहाँ मत पेटिकामा पैसा र अर्धकट्टी सहितको मतपत्र भेटिएपछी बिबाद हुँदा मत गणना स्थगित भएको हो | 

सुनसरी क्षेत्र नम्बर ३ 

सुनसरी क्षेत्र नम्बर ३ को मतगणना स्थगित नहुँदा सम्म नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार भगवती चौधरीले २९ हजार ३२५ मत प्राप्त गरेर अग्रतामा छिन् भने नेपाली कांग्रेसका विजय कुमार गच्‍छदारले २९ हजार १७१ मत पाएर उनलाई पछ्याएका छन् | यहाँको मतान्तर १५४ मतको मतान्तर छ | 

कैलाली क्षेत्र नम्बर २ 

कैलाली क्षेत्र नम्बर २ मा पनि मतगणना जारी छ | यहाँ एमालेका उम्मेदवार झपट रावलले १३ हजार २८६ मत ल्याई अग्रतामा छन् भने केहि दिन अघि मात्र कांग्रेस प्रवेश गरि नेपाली कांग्रेसका उम्मेदवार बनेका मोहनसिंह राठौरले ११ हजार १८८ मत सहित रावललाई पछ्याईरहेका छन् | उनिहरुबीच २ हजार ९८ मतको अन्तर रहेको छ | 

स्याङ्जा क्षेत्र नं. २

एमालेको अग्रता रहेको अर्को क्षेत्र हो स्याङ्जा क्षेत्र नं. २, यहाँ यहाँ एमाले उम्मेदवार पद्माकुमारी अर्यालले ८ हजार ८७८ मत प्राप्त गर्दा नेपाली कांग्रेसका गोपालमान श्रेष्ठले ६ हजार ७४० मत प्राप्त गरेका छन् | यहाँ मतान्तर २ हजार १३० रहेको छ | 

स्याङ्जा क्षेत्र नं. १

एमालेको अग्रता रहेको अर्को क्षेत्र हो स्याङ्जाकै क्षेत्र नं. १, यहाँ एमाले उम्मेदवार नारायण मरासिनीले अहिलेसम्म २ हजार ११५ मत प्राप्त गर्दा नेपाली कांग्रेसका राजु थापाले १ हजार ८२८ मत पाएका छन् | यहाँ मतान्तर २८७ मात्र रहेको छ | 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप