यस बिषयमा मुख्यसचिव लोकदर्शन रेग्मीको नेतृत्वमा गठित स"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... यस बिषयमा मुख्यसचिव लोकदर्शन रेग्मीको नेतृत्वमा गठित स"/>
११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रदेश सभाको पहिलो बैठक बस्ने ठाउँ कहाँ-कहाँ ? को-को बन्दैछन् प्रदेसप्रमुख ?

२६ मंसिर २०७४, मंगलवार ०४:३४

मङ्सिर २६, काठमाडौँ | आजको मन्त्रिपरिषद बैठकले प्रदेश सभाको पहिलो बैठक बस्ने ठाउँ तोक्ने भएको छ । 

यस बिषयमा मुख्यसचिव लोकदर्शन रेग्मीको नेतृत्वमा गठित समितिले योसम्बन्धी सिफारिश सरकारलाई गरिसकेको छ । जस अनुसार प्रदेश नम्बर १ मा विराटनगर, दुईमा जनकपुर र तीनमा ललितपुरमा पहिलो सभाको बैठक बस्न उपयुक्त हुने सुझाव दिईएको छ ।

त्यस्तै प्रदेश नम्बर चारमा पोखरा, पाँचमा दाङ र छमा सुर्खेतमा पहिलो बैठक बस्नु उपयुक्त हुने समितिको सुझाव छ ।

उता प्रदेश नम्बर सातको पहिलो बैठक भने दीपायल गर्न सकिने समितिको सुझावमा छ । यस्तै प्रदेश सरकारको मुख्य सचिवको रुपमा काम गर्ने अधिकारीलाई नै प्रमुख सचिव भन्ने समितिको सुझावमा छ ।

आजको बैठकले प्रदेश प्रमुखको कार्यालयमा काम गर्न एक सचिव पनि सरकारले पठाउने छ ।

प्रदेश प्रमुख आलंकारिक पद भएकाले राजनीतिक नियुक्त हुन सक्ने चासो एमाले माओवादीको छ । प्रदेश प्रमुख नियुक्त हुनेको नाम टुंगो लागिसकेको नभए पनि त्रिविका पूर्वउपकुलपति केदारभक्त माथेमा, पूर्वप्रधानसेनापति रुक्मांगत कटवाल, सर्वोच्च अदालतका पूर्वन्यायाधीश रामनगिना सिंह, पूर्वप्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेल र माइती नेपालकी अध्यक्ष अनुराधा कोइराला लगायतको नाम चर्चामा राखिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप