२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गुल्मीमा समानुपातिकमा समेत एमालेकै वर्चश्व, कसको कति ?

२६ मंसिर २०७४, मंगलवार १०:३६

प्रेम सुनार/मंसिर २६, गुल्मी । गुल्मी जिल्लाको समानुपातिक मतगणना समेत सम्पन्न भएको छ । 

हिजो विहान देखि सुरु भएको मतगणना अहिले विहान सम्पन्न भएको प्रमुख निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।  सुरुमा करिव २ दिन लाग्ने अनुमान गरेका प्रमुख निर्वाचन अधिकृत रामप्रसाद न्यौपानेले आज रातै भरी नसुतेर विहान सम्पन्न गर्न सफल भएका छन् । 

 जिल्ला जन सम्पर्क कार्यालयबाट प्राप्त मत परिणाम अनुसार प्रत्यक्षमा सवै स्थान जितेको वामगठबन्धन मध्ये समानुपातिकमा समेत नेकपा एमाले पहिलो पार्टी बनेको छ । उसको सवै प्रदेश र वडामा वर्चश्व देखिएको छ । 

क्षेत्र नम्वर १ मा प्रतिनिधी सभा तर्फ खसेको कुल मत ७०६४७ मध्ये ३०४८ वदर भएको छ । सदर मत ६७५९९ मध्ये रुख चिन्हमा २७२८८ मत खसेको छ । रुख चिन्हमा ३१६३७ मत खसेको छ । गोलाकार भित्रको हँसिया हतौडामा ५२४४ मत खसेको छ । सोही क्षेत्रका प्रदेश ‘क’ मा कुल खसेको मत ३३४६४ रहेको छ । त्यस मध्ये वदर मत सख्या २७९९ रहेको छ भनेर सदर मत ३०६६५ रहेको छ । 

त्यस मध्ये रुख चिन्हमा ११५३४ मत खसेको छ । सुर्य चिन्हमा १३४१० मत खसेको छ । गोलाकार भित्रको हसिया हतौडामा ३९२५ मत खसेको छ । प्रदेश ‘ख’ मा खसेको मत संख्या ३७१८३ मध्ये वदर २४९२ रहेको छ ।  सदर मत ३४६९१ मध्ये रुख चिन्हमा १४५४६ मत , सुर्य १६५२८ र हसिया हतौडामा  २१३० मत खसेको छ । 

   क्षेत्र नम्व २ मा खसको मत संख्या ५८१२८ रहेको छ । वदर ४३६९ र सदर मत ५३७५९ रहेको छ । रुख चिन्ह १८२५६ , सुर्य २८४२५ र हँसिया हतौडामा ४१३६ मत खसेको छ । सोही क्षेत्र प्रदेश ‘क’ खसेको कुल २८९०६ मत । वदर २६८० र सदर २६२२६  रहेको छ । रुख चिन्हमा १०३५२ , सुर्यमा १४१६४ र हँसिया हतौडामा ८०० मत खसेको छ । 

  प्रदेश ‘ख’ मा खसेको कुल मत २९२२२ , वदर ३९०० र सदर २५३२२ रहेको छ । रुख चिन्हमा ६७०३ , सुर्य १२२६९ र हँसिया हतौडा ४२४२ रहेको छ ।  समानुपातिकमा चौथो दलका रुपमा राष्ट्रिय जनमोर्चा देखिएको छ ।

   उसले क्षेत्र नम्वर १ वाट ११४० मत प्राप्त गरेको छ भने क्षेत्र नम्वर २ बाट ५४२ मत पाएको छ । पाँचौ दलका रुपमा राप्रपा प्रजातान्त्रिकले क्षेत्र नम्वर १ बाट ४९ मत र क्षेत्र नम्वर २ मा ५१५ मत प्राप्त गरेको छ । 

  छैठौं दलका रुपमा राप्रपाले क्षेत्र नम्वर १ मा १३१  र २ मा १५० मत प्राप्त गरेको छ । अरु दलहरु त्यो भन्दा थोरैको संख्यामा मत प्राप्त गरेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…