२०८२, ८ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गुल्मीमा समानुपातिकमा समेत एमालेकै वर्चश्व, कसको कति ?

२०७४, २६ मंसिर मंगलवार १०:३६

प्रेम सुनार/मंसिर २६, गुल्मी । गुल्मी जिल्लाको समानुपातिक मतगणना समेत सम्पन्न भएको छ । 

हिजो विहान देखि सुरु भएको मतगणना अहिले विहान सम्पन्न भएको प्रमुख निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।  सुरुमा करिव २ दिन लाग्ने अनुमान गरेका प्रमुख निर्वाचन अधिकृत रामप्रसाद न्यौपानेले आज रातै भरी नसुतेर विहान सम्पन्न गर्न सफल भएका छन् । 

 जिल्ला जन सम्पर्क कार्यालयबाट प्राप्त मत परिणाम अनुसार प्रत्यक्षमा सवै स्थान जितेको वामगठबन्धन मध्ये समानुपातिकमा समेत नेकपा एमाले पहिलो पार्टी बनेको छ । उसको सवै प्रदेश र वडामा वर्चश्व देखिएको छ । 

क्षेत्र नम्वर १ मा प्रतिनिधी सभा तर्फ खसेको कुल मत ७०६४७ मध्ये ३०४८ वदर भएको छ । सदर मत ६७५९९ मध्ये रुख चिन्हमा २७२८८ मत खसेको छ । रुख चिन्हमा ३१६३७ मत खसेको छ । गोलाकार भित्रको हँसिया हतौडामा ५२४४ मत खसेको छ । सोही क्षेत्रका प्रदेश ‘क’ मा कुल खसेको मत ३३४६४ रहेको छ । त्यस मध्ये वदर मत सख्या २७९९ रहेको छ भनेर सदर मत ३०६६५ रहेको छ । 

त्यस मध्ये रुख चिन्हमा ११५३४ मत खसेको छ । सुर्य चिन्हमा १३४१० मत खसेको छ । गोलाकार भित्रको हसिया हतौडामा ३९२५ मत खसेको छ । प्रदेश ‘ख’ मा खसेको मत संख्या ३७१८३ मध्ये वदर २४९२ रहेको छ ।  सदर मत ३४६९१ मध्ये रुख चिन्हमा १४५४६ मत , सुर्य १६५२८ र हसिया हतौडामा  २१३० मत खसेको छ । 

   क्षेत्र नम्व २ मा खसको मत संख्या ५८१२८ रहेको छ । वदर ४३६९ र सदर मत ५३७५९ रहेको छ । रुख चिन्ह १८२५६ , सुर्य २८४२५ र हँसिया हतौडामा ४१३६ मत खसेको छ । सोही क्षेत्र प्रदेश ‘क’ खसेको कुल २८९०६ मत । वदर २६८० र सदर २६२२६  रहेको छ । रुख चिन्हमा १०३५२ , सुर्यमा १४१६४ र हँसिया हतौडामा ८०० मत खसेको छ । 

  प्रदेश ‘ख’ मा खसेको कुल मत २९२२२ , वदर ३९०० र सदर २५३२२ रहेको छ । रुख चिन्हमा ६७०३ , सुर्य १२२६९ र हँसिया हतौडा ४२४२ रहेको छ ।  समानुपातिकमा चौथो दलका रुपमा राष्ट्रिय जनमोर्चा देखिएको छ ।

   उसले क्षेत्र नम्वर १ वाट ११४० मत प्राप्त गरेको छ भने क्षेत्र नम्वर २ बाट ५४२ मत पाएको छ । पाँचौ दलका रुपमा राप्रपा प्रजातान्त्रिकले क्षेत्र नम्वर १ बाट ४९ मत र क्षेत्र नम्वर २ मा ५१५ मत प्राप्त गरेको छ । 

  छैठौं दलका रुपमा राप्रपाले क्षेत्र नम्वर १ मा १३१  र २ मा १५० मत प्राप्त गरेको छ । अरु दलहरु त्यो भन्दा थोरैको संख्यामा मत प्राप्त गरेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह