२०८२, ८ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

लज्जासपद हार व्यहोरेको काँग्रेसले ७५ बर्षिय बृद्धलाई ज्यान मार्ने धम्की दियो भिडियो सहित

२०७४, २६ मंसिर मंगलवार ११:१५

पर्वत /निर्वाचनमा सहयोग नगरेको भन्दै नेपाली कांग्रेसका नेताले ज्यान मार्ने धम्की दिएको भन्दै ७५ बर्षिय बृद्धले जीवन रक्षाको अपिल गरेका छन ।
पर्वतको कुस्मा नगरपालिका वडा नं ६ का ७५ बर्षिय बृद्ध खडानन्द आचार्यले निर्वाचनको परिणाम घोषणा भएपछि आफुँलाई टेलिफोनबाट ज्यान मार्ने धम्की दिएको भन्दै जीवनरक्षाको अपिल गरेका हुन ।

आचार्यले जीवन रक्षाका लागि जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएका छन भने प्रेस बिज्ञप्ती समेत प्रकाशित गरेका छन । उनलाई ९८५७६३०००२ नम्बरको मोबाइल र ०६७–४२०११६ नम्बरको टेलिफोनबाट मंसिर २३ गते तेरो डडाल्नु भाँचेर मार्दिन्छु भनेर धम्की दिएको बिज्ञप्तीमा उल्लेख छ । बिज्ञप्तीमा ७५ बर्षिय जेष्ठ नागरिकलाई मान मर्दन हुने गरी मार्ने, पिट्ने, कुटपिट गर्ने धम्की दिने ब्यक्तिको नियत प्रति गम्भीर शंका भएका कारण मोबाइल नम्बर र टेलिफोन कस्को हो पत्ता लगाई निजलाई आवश्यक काबार्ही गरि मेरो जीवन सुरक्षाका लागि सम्बद्ध निकायहरु संग अपिल गरिएको छ ।

बिज्ञप्तीमा नाम उल्लेख नभएपनि उक्त मोबाइल र फोन नम्बर नेपाली कांग्रेसका महाधिबेशन प्रतिनिधी युवराज जोशीको हो । पर्वतमा प्रतिनिधीसभामा पराजित कांग्रेस केन्द्रिय सदस्य अर्जुनप्रसाद जोशीका भाई हुन ।

यसबारेमा सम्पर्क गर्दा निमिक्त प्रमुख जिल्ला अधिकारी डिल्लीराम पौडेलले आचार्यको निवेदन प्राप्त भएको टेलिफोन नम्बर पत्ता लगाउन र आवश्यक काबार्ही गर्न जिल्ला प्रहरी कार्यालय पर्वतमा लेखेर पठाएको बताए ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह