२०८२, ९ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रोल्पामा प्रतिनिधि र प्रदेशको समानुपातिक नतिजा सार्वजनिक, पहिलो कुन दल ?

२०७४, २६ मंसिर मंगलवार ११:५०

मनिषा राई/मंसिर २६, रोल्पा । रोल्पामा गत मंसिर १० गते भएको प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको निर्वाचनको समानुपातिकतर्फको नतिजा सार्वजनिक भएको छ ।

प्रतिनिधि सभाको समानुपातिक तर्फको अन्तिम मत परिणाम अनुसार  नेकपा माओबादी केन्द्रले २७ हजार २ सय २० मत पाएको छ । दोश्रोमा रहेको नेपाली कांग्रेसले १५ हजार ८ सय ४७ मत पाएको छ भने नेकपा एमालेले १० हजार ५ सय ४५ मत पाएको छ । 

त्यसैगरी राप्रपाले १८ सय ३३, राप्रपा प्रजातान्त्रिले ६ सया ७५, नेकपा मालेले १ हजार ५९, राष्ट्रिय जनमोर्चाले ४ सय ३८, नया शक्ति पार्टीले २४, र बिबेकशिल साझा पार्टीले ८८ मत पाएको छ ।  

१ लाख २७ हजार ६ सय २९ मतदाता रहेको जिल्लामा प्रतिनिधि सभाको समानुपातिकमा ७० हजार ५ सय ७० मत खसेकोमा ५९ हजार ७६ मत सदर भएको छ भने ११ हजार ४ सया ९४ मत बदर भएको छ । 

यसैगरी प्रदेश सभा क र ख तर्फ पनि माओवादी केन्द्र नै पहिलो पार्टी बनेको छ । माओवादी केन्द्रले २५  हजार २ सय ६० मत ल्याउदा नेपाली कांग्रेसको पक्षमा १४ हजार ४ सय १८ मत आएको छ भने नेकपा एमालेलाई १० हजार २ सय ७१ मत मात्रै आएको छ । 

त्यसैगरी नेकपा मालेले ९ सय ६७, नयाशक्ति पार्टीले १८, राप्रपा नेपालले १ हजार ८२, राप्रपा प्रजातन्त्रिकले १ हजार १९, विवेकशिल साझाले ७७ र राष्ट्रिय जनमोर्चा पार्टीले ४ सय ६ मत पाएको छ । 

प्रदेश सभा सदस्यको क र ख निर्वाचन क्षेत्रमा समानुपातिकतर्फ खसेको ७० हजार ५ सय ७० मध्य ५४ हजार ८ सय ४ मत सदर भएको छ भने १५ हजार ७ सय ६६ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय रोल्पाले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
फागुन २१ पछि पहिलो पार्टी बन्ने एमालेको दाबी देश लुट्नेहरूलाई भाग्न पर्ने ठाउँमा पुर्‍याउने काम गर्‍यौँ: रवि लामिछाने सेना परिचालन हुँदा पनि शाान्त हुन सकेन रौतहटको गौर यात्रुबाहक बस विद्युतको पोलमा ठोक्किँदा ९ जना घाइते खैरो हेरोइनसहित युवक पक्राउ युवाका लागि स्वदेशमै अवसर सिर्जना गर्न आवश्यक : प्रधानमन्त्री एमालेको झण्डा जलाइएको हो भने दोषीलाई कारवाही हुन्छः निर्वाचन आयोग दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश प्रधानमन्त्री कार्कीद्वारा मुक्तिनाथको दर्शन रास्वपाको भैरहवा र पोखराको चुनावी सभा स्थगित बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ स्रोत नखुलेको नगदसहित एकजना पक्राउ दुई समुदायबिच झडप, अवस्था तनावग्रस्त निर्वाचनकानिम्ति आवश्यक स्रोतसाधनको कमी हुँदैन : अर्थमन्त्री खनाल शुक्रबार सुनको मूल्य स्थिर सिकारुलाई देश जिम्मा दिनुहुँदैन, राज्य सञ्चालन खेल होइन: विश्वप्रकाश शर्मा गोली लागेर एक बालक घाइते पार्टी र नेताले कति जिते–जिते यसपटक जनता जिताउने हो: रवि लामिछाने रास्वपाको चुनावी वाचापत्र सार्वजनिक कांग्रेसको सरकार नेपालभित्र मात्र नभई नेपालबाहिर पौरख गरिरहेका नेपालीको पनि अभिभावक हुनेछ : सभापति थापा