2026-07-03 08:11 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

समानुपातिकको आधा मत गन्दा पाँच दलले मात्र थ्रेसहोल्ड कटाए, दुई दलको सम्भावना

अनिल अधिकारी | मङ्सिर २७, काठमाडौँ | समानुपातिक मतगणना जारी रहंदा देशभरबाट खसेको आधा समानुपातिकको मत गणना सम्पन्न भईसकेको छ | 

पछिल्लो अपडेट अनुसार मतगणनाको दलगत स्थितिलाई हेर्दा अहिलेसम्म ५ दलले मात्र थ्रेसहोल्ड कटाएका छन् जसमा पहिलो नम्बरमा एमाले, दोश्रोमा कांग्रेस, तेश्रोमा माओवादी केन्द्र रहेका छन् | 

समानुपातिकमा कूल खसेको मत एक करोड ५ लाख ८७ हजार ५२१ हो । यो समाचार तयार गर्दासम्ममा झन्डै ५३ लाख मतगणना भईसकेको छ | कुल खसेको समानुपातिक मत अनुसार मुख्य तीन दललाई समानुपातिकमा थ्रेसहोल्ड कट्दैनकि भन्ने चिन्ता छैन | तर अहिलेसम्म थ्रेसहोल्ड काटेका थप दुई मधेसी दल संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी नेपालको थ्रेस होल्ड कटिसकेको भएपनि अझै आधा मत गन्न बाँकी रहँदा थ्रेसहोल्ड सुरक्षित छ भनिहाल्ने अवस्था छैन | यदी अन्य दलको मत बढ्दै जाने र उसको स्थिर बनेको अवस्थामा उसको थ्रेसहोल्ड नपुग्न पनि सक्छ | सामान्यत: कुल समानुपातिकमा ३% मत बदर भएमा थ्रेस होल्ड सुरक्षित हुन करिब ३ लाख भन्दा केहि बढी मत कटाउनुपर्ने हुन्छ | 

संघीय फोरमले अहिलेसम्म २ लाख २७ हजार मत पाईसकेको अवस्थामा उसले अब आधा गनिने मतमा निश्चित थ्रेसहोल्ड कटाउने सम्भावना छ | त्यस्तै राजपाले पनि अहिलेसम्मको आधा मतमा ३% कटाईसकेको र अब गनिने मतमा पनि मत बढाएको अवस्था वा ३ लाख भन्दा केहि बढी मत पाईसकेको अवस्थामा समानुपातिक सिट लिने निश्चित देखिन्छ |

अहिलेसम्मको स्थिति हेर्दा अन्य साना दलको स्थिति भने सहज छैन | आधा मत गन्दासम्म आधाको पनि ३% नपुर्याएका दलहरुलाई अबको आधा मत गन्दा थ्रेसहोल्ड काट्लान भनेर आंकलन गर्न सहज छैन |  सम्भावनाको कुरा गर्ने हो भने अहिलेसम्म गनिएको मतमा २ प्रतिशत बढी मात्रै मत पुर्याउन सक्ने दलको पनि थ्रेसहोल्ड कटाउने सम्भावना छ | जसमा राप्रपा र विवेकशील साझाको थ्रेसहोल्ड काट्ने सम्भावना देखिन्छ | त्यस बाहेक अन्यको अहिलेसम्मको परिणाम अनुसार सम्भावना छैन  | आधा मत गनिसक्दा पनि १ लाख मत पनि नपुर्याउने दलहरुले अब ३ लाख भन्दा बढी मत कसरी पुर्याउन सक्लान ? राप्रपा र विवेकशीलले समेत आफ्नो मत यस अघि गनिएको भन्दा केहि बढी बढाउनुपर्ने हुन्छ | राप्रपाको पकड क्षेत्र गन्दा राप्रपाले केहि मत बढाउन सक्छ भने काठमाडौँको सबै मत गन्दासम्म विवेकशीलले समानुपातिकमा आफुलाई केहि माथि उठाउन सक्ने देखिन्छ | तर अहिलेकै स्थितिमा मत बढे राप्रपा र विवेकशीलको पनि सम्भावना छैन | यसो भएमा तीन ठुला दल र मधेसी दलले मात्र समानुपातिक सिट पाउने अवस्था छ |  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै पेट्रोलपम्प बन्द गर्नेविरुद्ध सरकारको कडा कदम, १० लाख जरिवाना, १५ दिन बिक्री-वितरण रोक्का शुक्रबार सुनचाँदीको मूल्य बढ्यो नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी दिने २३ जना पक्राउ वैदेशिक क्षेत्रसँग वित्तीय सम्बन्ध नै टुट्ने भएकाले हामी ग्रे लिष्टबाट निष्कनुपर्छ: अर्थमन्त्री वाग्ले लोकतन्त्रमा सरकारको समर्थन गर्न पाइन्छ र विरोध गर्न पनि पाइन्छ: ज्ञानेन्द्र शाही विष्णु पौडेललाई थप ६ दिन हिरासतमा राख्न अनुमति सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको यात्रुबाहक माइक्रो कर्णाली नदीमा खस्यो सबै प्रदेशमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विस्तार गर्छौं : महावीर पुन मन्त्रिपरिषद् बैठक बस्दै सरकारी कागजात मोबाइलबाट स्क्यान नगर्न प्रधानमन्त्री कार्यालयको निर्देशन सुनचाँदीको मूल्य बढ्यो