२०८३, २ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

१०:४५ सम्मको समानुपातिक मत परिणाम: एमालेलाई ४३ सिट, राजपालाई ४ सिट, अरुलाई कति ?

२०७४, २७ मंसिर बुधबार ०५:३०

मङ्सिर २७, काठमाडौँ | देशभरीको आधा भन्दा बढी समानुपातिक मतगणना सम्पन्न भई सक्दा हालसम्मको मतको आधारमा यस्तै स्थितिमा कुन दलले कति मत पाउँछन भन्ने चासो धेरैमा छ | हामीले यहाँ मतको आधारमा स्मानुपाति सिटको आंकलन गरेका छौं |  

समानुपातिकमा पहिलो स्थान मा रहेको दल नेकपा एमालेले अहिलेसम्म १९ लाख २१ हजार २७ मत पाएको छ | थ्रेस होल्डको ब्यबस्था अनुसार यो करिव ३९.२% हो | यसै अनुरुप अहिलेसम्मको मत परिणाम अनुसार एमालेले ४३ सिट पाउने छ |

त्यस्तै समानुपातिकमा दोश्रो स्थानमा रहेको दल नेपाली कांग्रेसले अहिलेसम्म १८ लाख २७ हजार ७ मत पाएको छ | थ्रेस होल्डको ब्यबस्था अनुसार यो करिव ३७.२८% हो | यसै अनुरुप अहिलेसम्मको मत परिणाम अनुसार नेपाली कांग्रेसले ४१ सिट पाउन सक्छ |

त्यस्तै समानुपातिकमा तेश्रो स्थानमा रहेको दल नेकपा माओवादी केन्द्रले अहिलेसम्म ७ लाख ४० हजार ६१९ मत पाएको छ | थ्रेस होल्डको ब्यबस्था अनुसार यो करिव १५.११% हो | यसै अनुरुप अहिलेसम्मको मत परिणाम अनुसार नेकपा माओवादी केन्द्रले १७ सिट पाउनसक्छ  | 

त्यस्तै समानुपातिकमा चौथो स्थानमा रहेको दल संघीय समाजवादी फोरम, नेपाल ले हालसम्म २ लाख ६ हजार ६५ मत प्राप्त गरेको छ | जुन 4.81% हो | त्यस अनुसार उसले ५ सिट पाउन सक्छ | त्यसैगरि राष्ट्रिय जनता पार्टी नेपाल अहिले समानुपातिक मत परिणाम हालसम्म थ्रेस होल्ड कटाउने अन्तिम दल हो उसले १ लाख ७७ हजार ८३ मत पाएको अवस्थामा उसको ३.६१ प्रतिशत हुन्छ, जस अनुसार उसले ४ सिट पाउने आंकलन छ | 

यो समानुपातिकको सिट ब्यबस्था अनुसारको आंकलन हो | शतप्रतिशत मत परिणाम नआउँदासम्म सिट बाँडफांडको एकिन आउनेछ | आधा भन्दा बढी मत गणना भई सक्दा अब गनिने आधा मतले प्रतिशत र सिट निर्धारण गर्छ | अहिलेसम्म प्राप्त मत भन्दा ठुलो अन्तरमा घटीबढी मत पाएको अवस्थामा पनि सिट घटबढ हुन्छ  | जस्तोकि अहिलेसम्म आधा मत गन्दा एमालेको सबैभन्दा बढी मत छ तर अब गनिने मतमा कांग्रेसले उसलाई उछिनेको खण्डमा एमालेको भन्दा कांग्रेसले बढी मत पाउँछ | तल समानुपातिक सिट निर्धारणमा थप जानकारी लिन सक्नुहुन्छ: 

समानुपातिक सांसद कसरी छानिन्छ ?  

समानुपातिक सांसद छान्नको लागि सर्वप्रथम देशभरको मतगणना सकिनुपर्छ र कुल सदर मत कति हो भनेर संख्या निकाल्नुपर्छ ।

निर्वाचन आयोगका अनुसार १ करोड ५ लाख ८७ हजार ५२१ मतदाताले मत खसालेका छन् । जारी गणना हेर्दा २ देखि ३ प्रतिशत मत बदर हुने देखिन्छ । यदि ३ प्रतिशत मत बदर भयो भने सदर मत १ करोड २ लाख ६९ हजार बढी हुनेछ ।

अब यसमा तीन प्रतिशतको थ्रेस होल्ड लागू हुनेछ । कुल सदर मतको ३ प्रतिशत मतअनुसार ३ लाख ८ हजार बढी मत ल्याउने दल मात्रै समानुपातिक सिटका लागि योग्य हुनेछन् ।

यो थ्रेस होल्ड पार गर्न नसक्ने राजनीतिक दलहरुको कुल मत झण्डै १० लाख हुने अनुमान छ । यो मतलाई पनि कुल सदर मतबाट घटाइनेछ । अर्थात करिव ९२ लाख मत समानुपातिकका लागि योग्य मानिनेछ ।

अब ‘सेन्ट लग’ मेथड -मत विभाजन गर्ने सुत्रबाट कुन दलले समानुपातिकमा कति सिट पायो भन्ने छुट्याइनेछ ।

हालसम्म थ्रेसहोल्ड नपुगेका दल र तिनको मत परिणाम: 

राष्ट्रिय प्रजातन्त्र पार्टी: 128022 (2.34%)

विवेकशील साझा पार्टी: 119740 (2.19)

नयाँ शक्ति पार्टी, नेपाल: 54910 (1%)

राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक): 42853 (0.78%)

राष्ट्रिय जनमोर्चा: 34760 (0.63%)

अन्य: 186193 (3.4%)

जम्मा थ्रेसहोल्ड नपुगेको मत: 566478

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यूएईले दियो १२८ जना नेपालीलाई आममाफी गृहमन्त्री गुरुङ र जापानी राजदूत तोरुबीच भेटवार्ता पूर्वऊर्जामन्त्री खड्काको बन्दीप्रत्यक्षीकरण रिटमा फाइल झिकाउन सर्वोच्चको आदेश मुद्दा विचाराधीन भएको अवस्थामा कुनै पनि समितिले मलाई स्पष्टीकरण सोध्नु भनेको हास्यास्पद छ: खड्का परराष्ट्र मन्त्री खनालसँग जर्मनीका राजदूतको शिष्टाचार भेटवार्ता शुक्रबार संसदीय समितिका सभापतिको निर्वाचन पूर्णबहादुर खड्कालाई कांग्रेसले सोध्यो स्पष्टीकरण कांग्रेस प्रदेशसभा सदस्य कुँवरले पदबाट राजीनामा दिए गण्डकी प्रदेशमा मन्त्रीमण्डल हेरफेर, नवनियुक्त मन्त्रीले लिए शपथ नदीमा पौडी खेल्ने क्रममा दुई जना पुरुष बेपत्ता, एकको शव फेला मन्त्रिपरिषद् बैठक बस्दै रास्वपाले संसदीय दलको बैठक बोलायो पर्यटकको संख्या गनेर मात्र देशको आर्थिक समृद्धि सम्भव हुँदैन : सभामुख अर्याल शिक्षामन्त्री पोखरेलसँग बेलायतका राजदूतको शिष्टाचार भेटवार्ता फेरि तोलाको ३ लाख नाघ्यो सुनको मूल्य सर्विया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ मर्स्याङ्दी नदीको ड्याममा नुहाउने क्रममा एक जना पुरूष बेपत्ता स्रोत नखुलेको १४ लाख भारतीय रुपैयाँ सहित एक युवक पक्राउ अनिवार्य श्रम गर्नेलाई निशुल्क स्वास्थ्य सेवा सरकारले सार्वजनिक गर्‍यो १८ बुँदे राष्ट्रिय प्रतिबद्धतापत्रको मस्यौदा