2026-07-04 08:55 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बिजय गच्छदारलाई अन्तिम सांसद बनाउँदै प्रत्यक्षतर्फको मतगणना सकियो, (कसको कति ?)

मङ्सिर २७, काठमाडौँ | प्रतिनिधि सभा तथा प्रदेशसभा अन्तर्गत मङ्सिर १० र २१ गते भएको निर्वाचनको प्रत्यक्षतर्फको मतगणना सम्पन्न भएको छ | अहिले समानुपातिकको पनि आधा भन्दा बढी मत गणना सकिएको छ | 

मतगणनाको अन्तिम यात्रामा सुनसरी क्षेत्र नम्बर ३ बाट नेपाली कांग्रेसका बिजयकुमार गच्छदार झिनो मतान्तरले बिजेता बने । शुरुदेखि नै अग्रता राखेको एमाले उम्मेदवार भगवती चौधरीलाई झिनो मतले पराजित गर्दै गच्छदार ३२१ मतले बिजयी बनेका हुन् । गच्छदार ३८ हजार ९७२ मत प्राप्त गरे बहने एमालेकी भगवती चौधरीले ३८ हजार ६५१ मत प्राप्त गरेकी छन् ।

यसअघि २०७० को संविधानसभा निर्वाचनमा डेढसय मतले गच्छदारसँगनै हारेकी भगवती चौधरीलाई अहिलेको गठबन्धनले जिताउन सकेन । एमालेले अग्रता लिइरहेको अवस्थामा एक्कासी मुचुल्का बिनाका मतपत्र आउन थालेपछी चौधरीले मतगणनानै बहिष्कार गरेकी थिइन् । चौधरीले निर्वाचन अधिकृतसँग सेटिङ मिलाएर मुचुल्का बिनाका मतपत्र निकालेको आरोप चौधरीको छ । 

यस मत परिणाम सँगै प्रतिनिधिसभा र प्रदेशसभाका प्रत्यक्षतर्फको मतगणना सम्पन्न भएको छ । अहिले अधिकांश जिल्लामा प्रतिनिधिसभा ११० सिट र प्रदेश सभाको लागि समानुपातिक तर्फको मतगणना जारी छ भने केहि जिल्लामा समानुपातिकको मत गणना समेत सम्पन्न भईसकेको छ  ।

सम्पन्न मत परिणाम अनुसार बाम गठबन्धनले प्रत्यक्षमा ११८ सिट पाएको छ, जसमा माओवादीले ३६ सिट निकालेको छ । त्यस्तै प्रत्यक्षमा तेश्रो दल बनेको नेपाली कांग्रेसले २३ सिट हाँशिल गरेको छ । राजपाले ११ सिट जितेको छ भने संघीय समाजवादी फोरमले १० स्थानमा बिजय हाँशिल गरेको छ । त्यस्तै साना दलहरु राप्रपा, नयाँशक्ति नेपाल, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चा र स्वतन्त्रले १/१ सिट पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै पेट्रोलपम्प बन्द गर्नेविरुद्ध सरकारको कडा कदम, १० लाख जरिवाना, १५ दिन बिक्री-वितरण रोक्का शुक्रबार सुनचाँदीको मूल्य बढ्यो नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी दिने २३ जना पक्राउ वैदेशिक क्षेत्रसँग वित्तीय सम्बन्ध नै टुट्ने भएकाले हामी ग्रे लिष्टबाट निष्कनुपर्छ: अर्थमन्त्री वाग्ले लोकतन्त्रमा सरकारको समर्थन गर्न पाइन्छ र विरोध गर्न पनि पाइन्छ: ज्ञानेन्द्र शाही विष्णु पौडेललाई थप ६ दिन हिरासतमा राख्न अनुमति सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको यात्रुबाहक माइक्रो कर्णाली नदीमा खस्यो सबै प्रदेशमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विस्तार गर्छौं : महावीर पुन मन्त्रिपरिषद् बैठक बस्दै सरकारी कागजात मोबाइलबाट स्क्यान नगर्न प्रधानमन्त्री कार्यालयको निर्देशन सुनचाँदीको मूल्य बढ्यो