२०८२, ८ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

हारेको झोकमा कांग्रेस नेता भण्डारीले दिए बाम गठबन्धनलाई यस्तो धम्कि !

२०७४, २७ मंसिर बुधबार ११:३०

मंसिर २७, बुटवल । प्रतिनिधिसभा सदस्यमा गुल्मी १ बाट एमाले सचिप प्रदिप ज्ञवालीसँग हारेका नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले कांग्रेसलाई कमजोर ठाने बाम सरकारको आयु छोट्याईदिने चेतावनी दिएका छन् ।

बुधबार बुटवलमा पत्रकारहरुसँग कुरा गर्दै भण्डारीले बाम गठबन्धनको सरकार पनि स्थिर सरकार नहुने बताए । उनले ठाडो चेतावनी दिँदै भनेका छन् -  ‘बहुमतको मातमा बुद्धि नपुर्‍याउने र कांग्रेसलाई सामान्य ठाने वाम सरकारको आयु १८ महिनामै सकिन्छ ।’

भण्डारीले कांग्रेसलाई सामान्य ठानेर काम गरे त्यसको प्रतिफल देखाईदिने भन्दै बिचार पुर्याएर काम गर्न सुझाव दिएका छन् । उनले आफ्ना कार्यकर्ताहरुलाई निर्वाचन परिणामबाट बिचलित नहुन समेत आग्रह गरे । उनले भने 'कांग्रेसले चुनाव हारेको भएपनि शक्ति र क्षमता हारेको छैन ।' 

नेता भण्डारीले सभापति सुशील कोइरालालाई प्रधानमन्त्री बनाएपछी कांग्रेसको कमजोरी शुरु भएको दाबी गरेका छन् । कांग्रेस हार्नु कारणबारे प्रष्ट पार्दै भण्डारीले भारतको नाकाबन्दी प्रतिवाद गर्न नसक्नु, पाँच नम्बर प्रदेश टुक्रयाउने बिषयमा सहमत हुनु लगायत कारणले आफुहरुले हार्नुपर्ने खुलाए ।

निर्वाचन अघि आफू बेलायतको प्रधानमन्त्री हुनुपर्ने भन्दै अभिव्यक्ति दिएका भण्डारी बेला-बेलामा चर्चामा आउनकै लागि भएपनि बिभिन्न प्रतिकृया दिने गर्छन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह