२०८२, ८ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोल्पा - DLP

स्थानीय तहका कर्मचारिको तलव भत्ता रोकियो

२०७४, २७ मंसिर बुधबार १२:३०

टेक शाही | साझासवाल | मँसिर २७, डोल्पा | डोल्पामा स्थानीय तहका कर्मचारिहरुको तलव भत्ता रोकिएको छ । ठुलीभेरि नगरपालिकामा रहेका सबै सरकारी कार्यालयका कर्मचारिहरुको तलव रोकिएको हो । कसैले दैनिक कार्यालयमा बसेर काम गरेको र कसैले हाजीर नै नगरि तलव लिने प्रबित्तिको हावी भए पछि स्थानिय तहका कर्मचारिको तलव रोकिएको ठुलीभेरि नगरापालिकाका प्रमूख गणेश बहादुर शाहीले जानकारि दिए । 


तलव रोकिनेमा प्राबि देखि माबि सम्मका शिक्षकहरु,स्वास्थ्यका कर्मचारिहरु,हुलाक,कृषि,बन,तथा वडा स्तरका कर्मचारिहरु रहेको ठुलीभेरि नगरपालिकाले जानकारि दिएको छ । शिक्षक र अन्य निजामति कर्मचारिहरुले आफनो जागिर भन्दा धेरै समय ब्यापार,राजनिति र अन्य क्षेत्रमा लगाउने गरेकोले पनि काम अनुसारको दाम दिने हिसावले तलव रोकिएको नगर प्रमूख गणेश बहादुर शाहीले बताए । उनका अनुसार शिक्षकले दैनिक बिद्यालयमा पढाउनु पर्छ राजानिति गर्न पाइदैन भने निजामती कर्मचारिले आफनो खटाएको क्षेत्रमा गएर काम गर्नु पर्छ नत्र भने कारवाहि हुने बताए । उनले भने जनताको काम नगर्ने कर्मचारिलाइ सेवा सुबिधा रोकिने भएकोले ठगेर खाने जमाना गएको बताए । 

ठुलीभेरि नगरपालिकाका कर्मचारिहरुको तलव रोकिएको र छनबिन गरेर मात्र तलव निकाषा दिने नगरपालिकाले जानकारि दिएको छ । काम नगरेर सरकारको सेवा लिने कर्मचारिहरुको कारण काम गर्ने कर्मचारिहरु समेत मार पर्ने भएकोले तत्काल केहि दिनमा छनबिन गरि तलव फुकुवा गरिने नगरपालिकाको कार्यालय जानकारि दिएको छ । 


डोल्पा जिल्ला अत्यन्त जाडो हुने हिमाली जिल्ला भएको कारण मंसिरको पहिलो साता नै अधिकांश कर्मचारीहरु घरतिर जाने परमपरा रहेको छ । अघिल्ला बर्षमा बिद्यालयको परिक्ष नै नसकि घर जाने शिक्षक तथा कार्य क्षेत्रमा नगएर बिदा बस्ने निजामति कर्मचारिहरु यस पालि भने मंसिर सकिनै लाग्दा पनि घर जान पाएका छैनन । 

हरेक कार्यालयमा कर्मचारिहरु बस्नु पर्ने र बिदामा जाँदा आलो पालो गरेर जनताको काममा बाधा नपर्ने गरि जाने ब्यवस्था सम्म मिलाउन सकिने जिल्ला समन्वय समितिले जानकारि दिएको छ । तर अबस्था हेरेर मात्र बिदा बस्न पाउने कार्यालय प्रमूख बिहिन बनाउन नपाइने समन्वय समितिले बताएको छ । 

काम गर्ने कर्मचारिहरुलाइ दैनिक भत्ताको ब्वस्था गर्ने तर कामै नगरि ठगेर खाने कर्मचारिलाइ कारवाहि गरिने चेतावनी त्रिपूरा सुन्दरी नगरपालिकाका प्रमूख ओम बहादुर बुढाले दिएका छन । उनि भन्छन जनताको काम गर्नको लागि सरकारको जागिर खाए पछि भने अनुसारको काम गर्नु पर्ने बताउछन । यदि जनताको काम भएन भने तत्काल कारवाहि गरिने र मनपरि बिदामा बसे त्यसको प्रतिफलले पछि पछुताउनु पर्ने चेतावनी दिए । 

सरकारले कर्मचारी नपाठाए पछि अहिले पनि कर्मचारिहरु बिहिन अबस्थामा सथानीय तहहरु चलि रहेका छन । सरकारले कर्मचारिहरु समायोजन नगरे पछि जिल्लामा भएका कर्मचारी पनि अन्योलमा रहेका छन । यता जनप्रतिनिधिहरु भने जनताको सबै काम आफुले गर्नु परेकोले कर्मचारि छिटो पठाउन माग गर्छन । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह