प्रेम सुनार | मङ्सिर २७, गुल्मी | गुल्मीकी समानुपातिक निवर्तमान सांसद कमला  बिश्वकर्माको यसपाली पनि समानुपातिक  प्रतिनिधी सभा सांसद हुने सम्भावना बढेको छ । नेकपा म"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

प्रेम सुनार | मङ्सिर २७, गुल्मी | गुल्मीकी समानुपातिक निवर्तमान सांसद कमला  बिश्वकर्माको यसपाली पनि समानुपातिक  प्रतिनिधी सभा सांसद हुने सम्भावना बढेको छ । नेकपा म"/>

२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

समानुपातिकमा गुल्मीकी कमला बिश्वकर्माको सम्भावना

२७ मंसिर २०७४, बुधबार १३:१५

प्रेम सुनार | मङ्सिर २७, गुल्मी | गुल्मीकी समानुपातिक निवर्तमान सांसद कमला  बिश्वकर्माको यसपाली पनि समानुपातिक  प्रतिनिधी सभा सांसद हुने सम्भावना बढेको छ । नेकपा माले परित्याग गरी संघिय समाजवादी फोरम पार्टीमा प्रवेश गरेकी विश्वकर्मालाई सो पार्टीले प्रतिनिधी सभामा समानुपातिकमा राखेको छ । प्रत्यक्ष तर्फ १० वटा प्रतिनिधी सभा जितेको फोरमले करिव २ लाख ५० हजार मत समानुपातिकमा ल्याएको बिश्वकर्मा बताउँ छिन् । 

 हुन त मलाई गुल्मीबाटै प्रत्यक्षमा उठ्नु होस् भनेर पार्टीले भनेका थियो तर चुनाव महँङ्गो हुने, पैसाको समस्या पनि हुने र भर्खरको संगठन भएकोले म उठिन विश्वकर्माले हाम्रो जिज्ञाषामा भनिन् समानुपातिकमा मेरो दावा हुनु त स्वभाविक नै हो । निर्वाचन आयेगले  हरेक दलले सांसदमा महिला अनिवार्य ३३ प्रतिशत पुराउनु पर्ने भनेकोले  पनि आफुलाई पार्टीले पठाउन सक्ने उनको अनुमान छ । २०४८ साल देखि नेपा एमालेको राजनीतिमा लागेकी बिश्वकर्मालाई यस अघि मालेले गुल्मी साविकको क्षेत्र नम्वर २ वाटा दलित समानुपातिक सभासाद बनाएको थियो । तर उनि पछि उक्त पार्टीबाट असन्तुष्ट भई फोरममा प्रवेश गरेकी  थिईन् ।

विश्वकर्माले आफ्नो कार्यकालमा अहिलेको क्षेत्र नम्वर १ को विभिन्न स्थानमा सांसद विकास कोषबाट राम्रै विकासका कामहरु गरेकी थिईन् । उनलाई फोरमले अहिले शिल्पी समुदायको समानुपातिक कोटामा राखेको बताईएको छ । उनको घर गुल्मीको छत्रकोट गाउँपालिका वडा नम्वर ३ को हर्दिनेटा धरमपानीमा पर्दछ ।  गुल्मीमा नेकपा एमालेबाट रामकुमारी झाँक्रि, मैना भण्डारी, कांग्रेसबाट सुवर्ण ज्वारचन, माओवादी केन्द्रबाट गीता थापा समानुपातिकमा परेका छन भने दलितबाट एमालेका गणेश बिश्वकर्मा, कांग्रेसबाट झविन्द्र बिश्वकर्मा , जनजातीबाट वालसिंह काउछा समानुपातिकमा परेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…