२०८२, ८ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बेलुका ७:४५ सम्मको समानुपातिक मत अपडेट: एमाले-कांग्रेसमा १ सिटको टक्कर, कुन दलले कति पाउलान् ?

२०७४, २७ मंसिर बुधबार १४:१५

मङ्सिर २७, काठमाडौँ | देशभरीको आधा भन्दा बढी समानुपातिक मतगणना सम्पन्न भई सक्दा हालसम्मको मतको आधारमा यस्तै स्थितिमा कुन दलले कति मत पाउँछन भन्ने चासो धेरैमा छ | हामीले यहाँ मतको आधारमा स्मानुपाति सिटको आंकलन गरेका छौं |  

नेकपा एमाले: ४२ सिट 

समानुपातिकमा पहिलो स्थान मा रहेको दल नेकपा एमालेले अहिलेसम्म २३ लाख ४७ हजार ३७१ मत पाएको छ | थ्रेस होल्डको ब्यबस्था अनुसार यो करिव ३८.४८% हो | यसै अनुरुप अहिलेसम्मको मत परिणाम अनुसार एमालेले ४२ सिट पाउने छ | बिहानको तुलनामा समानुपातिकमा एमालेको मत केहि घटेको छ | बिहानको अपडेट अनुसार ४३ सिट पाउने सम्भावना भएको एमालेले अहिले ४२ सिट पाउने स्थिति छ | 

नेपाली कांग्रेस: ४१ सिट 

त्यस्तै समानुपातिकमा दोश्रो स्थानमा रहेको दल नेपाली कांग्रेसले अहिलेसम्म २२  लाख ५९ हजार ७८२ मत पाएको छ | थ्रेस होल्डको ब्यबस्था अनुसार यो करिव ३७.०४% हो | यसै अनुरुप अहिलेसम्मको मत परिणाम अनुसार नेपाली कांग्रेसले ४१ सिट पाउन सक्छ | तर बिहानको तुलनामा कांग्रेसको प्रतिशत मत घटेको देखिन्छ | 

नेकपा माओवादी केन्द्र: १७ सिट 

त्यस्तै समानुपातिकमा तेश्रो स्थानमा रहेको दल नेकपा माओवादी केन्द्रले अहिलेसम्म ९ लाख २१ हजार ९०६ मत पाएको छ | थ्रेस होल्डको ब्यबस्था अनुसार यो करिव १५.११% हो | यसै अनुरुप अहिलेसम्मको मत परिणाम अनुसार नेकपा माओवादी केन्द्रले १७ सिट पाउनसक्छ | बिहानको तुलनामा माओवादी केन्द्रले समान स्थितिमा आनो मत बढाएको छ | 

संघीय समाजवादी फोरम नेपाल: ६ सिट 

त्यस्तै समानुपातिकमा चौथो स्थानमा रहेको दल संघीय समाजवादी फोरम, नेपाल ले हालसम्म ३ लाख १५ हजार ९२९ मत प्राप्त गरेको छ | जुन ५.१७% हो | बिहानसम्म ४.८१% मत पाएको उसले आफ्नो मत बढाएको छ | त्यस अनुसार उसले ६ सिट पाउन सक्छ| बिहानसम्म उसको ५ सिट आंकलन गरिएको थियो  |

राष्ट्रिय जनता पार्टी नेपाल: ४ सिट 

त्यसैगरि राष्ट्रिय जनता पार्टी नेपाल अहिले समानुपातिक मत परिणाम हालसम्म थ्रेस होल्ड कटाउने अन्तिम दल हो उसले २ लाख ५४ हजार ४०२ मत पाएको अवस्थामा उसको ४.१८% हो बिहान उसले ३.६१ प्रतिशत मत आएको थियो, जस अनुसार उसले ४ सिट पाउने आंकलन छ | यसरी हेर्दा पछिल्लो अपडेटमा मधेसवादी दलको समानुपातिक मत बढेको छ | एमाले -कांग्रेसको मत प्रतिशत केहि घटेको छ भने माओवादीको स्थिर छ |   

यो समानुपातिकको सिट ब्यबस्था अनुसारको आंकलन हो | शतप्रतिशत मत परिणाम नआउँदासम्म सिट बाँडफांडको एकिन तथ्यांक आउंदैन | मतगणना जारी रहँदा घटबढ भईरहने हुँदा सोहि अनुसार सिट संख्या पनि घटबढ हुनसक्छ |१ करोड ५ लाख ८७ हजार ५२१ मतदाता रहेको समानुपातिकमा अब ३३% भन्दा कम मत गन्न बाँकी छ | अब गनिने ३३% मतले जे नतिजा दिन्छ सोहि अनुसार सिट बाडफाड हुन्छ  | अहिलेसम्म प्राप्त मत भन्दा ठुलो अन्तरमा घटीबढी मत पाएको अवस्थामा पनि सिट घटबढ हुन्छ  | जस्तोकि अहिलेसम्म ६६% मत गन्दा एमालेको सबैभन्दा बढी मत छ तर अब गनिने मतमा कांग्रेसले उसलाई उछिनेको खण्डमा एमालेको भन्दा कांग्रेसले बढी मत पाउँछ | तर माथिको आंकलन अनुसार स्थिर रुपमा मत बढेमा आंकलन मिल्न सक्छ |  

हालसम्म थ्रेसहोल्ड नपुगेका दल र तिनको मत परिणाम: 

राष्ट्रिय प्रजातन्त्र पार्टी: 154697

विवेकशील साझा पार्टी: 153873

नयाँ शक्ति पार्टी, नेपाल: 64003

राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक): 53976

राष्ट्रिय जनमोर्चा: 38547

अन्य: 235845

समानुपातिक सांसद कसरी छानिन्छ ?  

समानुपातिक सांसद छान्नको लागि सर्वप्रथम देशभरको मतगणना सकिनुपर्छ र कुल सदर मत कति हो भनेर संख्या निकाल्नुपर्छ ।

निर्वाचन आयोगका अनुसार १ करोड ५ लाख ८७ हजार ५२१ मतदाताले मत खसालेका छन् । जारी गणना हेर्दा २ देखि ३ प्रतिशत मत बदर हुने देखिन्छ । यदि ३ प्रतिशत मत बदर भयो भने सदर मत १ करोड २ लाख ६९ हजार बढी हुनेछ ।

अब यसमा तीन प्रतिशतको थ्रेस होल्ड लागू हुनेछ । कुल सदर मतको ३ प्रतिशत मतअनुसार ३ लाख ८ हजार बढी मत ल्याउने दल मात्रै समानुपातिक सिटका लागि योग्य हुनेछन् ।

यो थ्रेस होल्ड पार गर्न नसक्ने राजनीतिक दलहरुको कुल मत झण्डै १० लाख हुने अनुमान छ । यो मतलाई पनि कुल सदर मतबाट घटाइनेछ । अर्थात करिव ९२ लाख मत समानुपातिकका लागि योग्य मानिनेछ ।

अब ‘सेन्ट लग’ मेथड -मत विभाजन गर्ने सुत्रबाट कुन दलले समानुपातिकमा कति सिट पायो भन्ने छुट्याइनेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह