२०८२, ८ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

(राति १:१५ बजे) देशभरको ७५% मत गनिसक्दा कुन दलको कति ? कुन-कुन दलले थ्रेसहोल्ड कटाउन सकेनन् ?

२०७४, २७ मंसिर बुधबार १९:५७

मङ्सिर २८, काठमाडौँ | प्रतिनिधि सभा अन्तर्गत कुल ११० समानुपातिक सिटको लागि अहिलेसम्म देशभरीको झन्डै ७५% मत गणना भईसकेको छ | हालसम्मको मतको आधारलाई हेर्दा समानुपातिकमा ५ दलले मात्र थ्रेसहोल्ड कटाउने देखिएको छ | अब लगभग २६ लाखको हाराहारीमा मतगणना बाँकी छँदा कुन दलले कति मत पाए तल हेर्नुहोस् |  

समानुपातिक मतगणनाको दलगत स्थिति (प्राप्त मतका आधारमा) अहिलेसम्म ५ दलले मात्र थ्रेसहोल्ड कटाएका छन् | समानुपातिक सुत्र अनुसार कुल मतको ३% मत पाउनेले मात्र समानुपातिकमा सिट पाउन सक्ने ब्यस्वस्था छ | एस अनुरुप नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाली काँग्रेस, माओवादी केन्द्र, संघीय समाजवादी फोरम, नेपाल र राजपाले मात्र थ्रेस होल्ड कटाएको अवस्था छ | तर यी मध्ये राजपाले ३% कटाए पनि अनुमानित ३ लाख भन्दा बढी मत नकटाएकोले अझै केहि मत थपेपछि मात्र थ्रेसहोल्ड पक्का हुन्छ | मधेसमा मत गणना गर्न बाँकी नै छँदा उसले थ्रेस होल्ड कटाउन सक्ने निश्चित छ | 

थ्रेसहोल्ड कटाई सिट प्राप्त गर्ने पक्का भएका दलहरु र तिनले पाएको मत: 

१. नेपाल कम्युनिष्ट पार्टी (एमाले): 2518245

२. नेपाली काँग्रेस: 2427415

३. एकल चिन्ह गोलाकारभित्रको हसियाहथौडा लिएका: 992528

४. संघीय समाजवादी फोरम, नेपाल: 342621

५. राष्ट्रिय जनता पार्टी नेपाल: 275695

अहिलेसम्मको स्थितिमा थ्रेसहोल्ड कटाउन नसकेर समानुपातिक सांसद नपाउने अवस्थामा रहेका दलहरु: 

१. राष्ट्रिय प्रजातन्त्र पार्टी: 166505

२. विवेकशील साझा पार्टी: 165365

३. नयाँ शक्ति पार्टी, नेपाल: 66140

४. राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक): 60733

५. राष्ट्रिय जनमोर्चा: 39777

६. अन्य: 255496

समानुपातिक सांसद कसरी छानिन्छ ?  

समानुपातिक सांसद छान्नको लागि सर्वप्रथम देशभरको मतगणना सकिनुपर्छ र कुल सदर मत कति हो भनेर संख्या निकाल्नुपर्छ ।

निर्वाचन आयोगका अनुसार १ करोड ५ लाख ८७ हजार ५२१ मतदाताले मत खसालेका छन् । जारी गणना हेर्दा २ देखि ३ प्रतिशत मत बदर हुने देखिन्छ । यदि ३ प्रतिशत मत बदर भयो भने सदर मत १ करोड २ लाख ६९ हजार बढी हुनेछ ।

अब यसमा तीन प्रतिशतको थ्रेस होल्ड लागू हुनेछ । कुल सदर मतको ३ प्रतिशत मतअनुसार ३ लाख ८ हजार बढी मत ल्याउने दल मात्रै समानुपातिक सिटका लागि योग्य हुनेछन् ।

यो थ्रेस होल्ड पार गर्न नसक्ने राजनीतिक दलहरुको कुल मत झण्डै १० लाख हुने अनुमान छ । यो मतलाई पनि कुल सदर मतबाट घटाइनेछ । अर्थात करिव ९२ लाख मत समानुपातिकका लागि योग्य मानिनेछ ।

अब ‘सेन्ट लग’ मेथड -मत विभाजन गर्ने सुत्रबाट कुन दलले समानुपातिकमा कति सिट पायो भन्ने छुट्याइनेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह