११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

कपिलवस्तु प्रतिनिधिसभा समानुपातिकमा काँग्रेस पहिलो

२८ मंसिर २०७४, बिहीबार ०४:०८

मङ्सिर २८, कपिलवस्तु । यहाँ प्रत्यक्षतर्फ एक प्रतिनिधि एक प्रदेशसभा मात्र जितेको काँग्रेस प्रतिनिधिसभाको समानुपातिकतर्फको मतगणनामा भने पहिलो पार्टी बनेको छ । 

प्रतिनिधिसभा दुई सिट र प्रदेशसभामा चार सिट गरी छ सिट जितेको एमाले प्रतिनिधिसभा समानुपातिकतर्फ भने काँग्रेसभन्दा पछि परेको हो । समानुपातिकतर्फको मतगणना बुधबार सकिएको छ । 

प्रतिनिधिसभातर्फ दुई लाख ३० हजार ९२ मत गणना गरिएकोमा २९ हजार ८९५ मत बदर भएको छ । तीनवटा निर्वाचन क्षेत्रमध्ये प्राप्त मतपरिणामअनुसार प्रतिनिधिसभातर्फ एक निर्वाचन क्षेत्रमा मात्र एमालेले काँग्रेसभन्दा बढी मत प्राप्त गरेको छ । प्रदेशसभातर्फ भने एमालेले बढी मत प्राप्त गरेको छ । 

काँग्रेस ६१ हजार २९२ मत ल्याएर पहिलो पार्टी बनेको छ । त्यसैगरी, नेकपा (एमाले) ले ६० हजार ९९४ मत ल्याएर दोस्रो पार्टी बनेको छ भने २१ हजार ९६७ मत ल्याएर राजपा तेस्रो पार्टी, १८ हजार ६६७ मत ल्याएर संघीय समाजवादी फोरम नेपाल चौथो बनेको छ भने १० हजार ८३३ मत प्राप्त गर्दै नेकपा (माओवादी केन्द्र) पाँचाँै नं मा पुगेको छ । 

कपिलवस्तु प्रतिनिधिसभा एकमा काँग्रेसले २२ हजार ८८५, एमालेले २३ हजार ५९८, माओवादी केन्द्रले पाँच हजार ४८० र राजपाले चार हजार ६३२ मत प्राप्त गरेको छ । 

त्यसैगरी, कपिलवस्तु प्रतिनिधिसभा दुईमा काँग्रेसले २६ हजार ५०, एमालेले २५ हजार ९१, माओवादी केन्द्रले दुई हजार ३१८ र राजपाले पाँच हजार ८७५ मत प्राप्त गरेका छन् । 

त्यस्तै, प्रतिनिधिसभा तीनमा काँग्रेसले १२ हजार ३५७, एमालेले १२ हजार ३०५, माओवादी केन्द्रले तीन हजार ३५ र राजपाले ११ हजार ३६० मत प्राप्त गरेका छन् । 

प्रदेशसभामा भने एमालेले ५७ हजार ६२० मत ल्याएर पहिलो भएको छ भने काँग्रेस एमालेपछिको ५२ हजार ८४९ मत ल्याएर दोस्रो, राजपाले १९ हजार ४९८ मतका साथ तेस्रो र संघीय समाजवादी फोरमले १७ हजार १९९ मत ल्याएर चौथो र माओवादी केन्द्र भने १० हजार १७८ मत प्राप्त गर्दैै पाँचौँ भएको छ । 

क्षेत्र १ मा एक लाख १६ हजार ९३७, क्षेत्र २ मा एक लाख दुई हजार ४२० र क्षेत्र ३ मा ९२ हजार ४०३ गरी कुल तीन लाख ११ हजार ७६० मतदाता रहेको यस जिल्लामा क्षेत्र १ मा ८४ हजार ९६०, क्षेत्र २ मा ७६ हजार ९६ र क्षेत्र ३ मा ६९ हजार ३६ मत खसेको थियो । 

जिल्लामा कुल ७३.८० प्रतिशत मत खसेको थियो । त्यसमध्ये जम्मा ८७.०७ प्रतिशत मात्र मत सदर भएको छ भने १२.९३ प्रतिशत मत बदर भएको छ । 

प्रत्यक्षतर्फ प्रदेशमा चारवटा सिट वाम गठबन्धनले जितेको थियो भने काँग्रेस र संघीय समाजवादी फोरमले एक÷एक सिट जितेका थिए । 

त्यस्तै, प्रतिनिधिसभातर्फ कपिलवस्तु क्षेत्र नं १ मा माओवादी केन्द्रबाट चक्रपाणि खनाल (बलदेव), क्षेत्र २ बाट एमालेका वृजेसकुमार गुप्ता र कपिलवस्तु क्षेत्र नं ३ मा नेपाली काँग्रेसका नेता अभिषेकप्रताप शाह विजयी हुनुभएको थियो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै