२०८२, ८ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

(बिहान १० बजेको अपडेट) समानुपातिकमा एमाले-कांग्रेसको टक्कर, ५ दल बाहेक सबै ‘रिङ आउट’ !

२०७४, २८ मंसिर बिहीबार ०४:२८

मङ्सिर २८, काठमाडौँ | समानुपातिक मतगणनाको दलगत स्थितिलाई अध्ययन गर्दा समानुपातिकमा एमाले-कांग्रेसको टक्कर जारी छ | एमालेले अग्रता लिँदै अहिलेसम्म पनि अग्रताको स्थितिलाई कायम राख्दा कांग्रेसले पनि त्यहि गतिमा आफ्नो लय समातेको छ | 

पछिल्लो मत परिणाम (बिहिबार १०:०० बजेको अपडेट) लाई हेर्ने हो भने एमाले-कांग्रेसको समानुपातिकमा मतान्तर ८८ हजार १०५ रहेको छ | जुन समानुपातिक मत परिणामको आधारमा सिट संख्याको हिसाबमा १ सिट मात्र बढी हुन सक्ने मतान्तर हो | यस्तो अवस्थामा कांग्रेसले ४२ सिट पाउँदा कांग्रेसले ४१ सिट पाउने स्थिति हुन्छ | एमाले र कांग्रेसको मतान्तर कम हुँदा दुवै दलको मतमा कडा टक्कर देखिन्छ | दुवै दलको २५ लाख भन्दा बढी मत परिणाम हेर्दा मतान्तरमा ८८ हजार १०५ त्यति धेरै अन्तर होइन | 

यो समाचार तयार गर्दासम्म नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले २६ लाख ११ हजार ३७१ मत प्राप्त गरेको देखिन्छ भने नेपाली कांग्रेसले २५ लाख २३ हजार २६६ मत प्राप्त गरेको देखिन्छ | कुल गनिएको मत अनुसार क्रमश एमाले र कांग्रेसको मत प्रतिशतमा करिव ३४.२५% र ३३.१२% हो | त्यस्तै माओवादी केन्द्रको अहिलेसम्मको मत १० लाख ३१ हजार ४२८ छ | उसको प्रतिशत कुल मतको करिव १३.५९% हो | तर समानुपातिकमा सिट निर्धारणमा यो प्रतिशत केहि फरक पर्न सक्छ | किनकी थ्रेसहोल्ड नकटेका दलको मतको मान्यता हुँदैन |  

(आंकलन) कुन दलले कति सिट पाउने स्थिति देखिन्छ ? 

मत गणना जारी छ | अझै पनि २८ लाखको हाराहारीमा मत गणना बाँकी रहँदा दलले अब गनिने मतमा आफ्नो मत प्रतिशत बढाउन वा घटाउन सक्छन र त्यसकै आधारमा सिट संख्या पनि घट/बढ हुने देखिन्छ तर अहिले सम्म्मको अनुमानित प्रतिशत र दलले पाउने सिटलाई आंकलन गर्न सकिन्छ | 

नेपाल कम्युनिष्ट पार्टी (एमाले): 2625143 (४२ सिट) 

नेपाली काँग्रेस: 2538142 (४१ सिट) 

एकल चिन्ह गोलाकारभित्रको हसियाहथौडा लिएका: 1041918 (१७ सिट) - 

संघीय समाजवादी फोरम, नेपाल: 350098 (६ सिट)

राष्ट्रिय जनता पार्टी नेपाल: 295420 (४ सिट)

५ दल बाहेक सबै दल 'रिङ आउट' !

माथिका ५ दल बाहेक ३% थ्रेसहोल्ड नपुगेका सबै प्रतिनिधि सभा समानुपातिक सिटबाट बन्चित हुने देखियको छ | सुरुवातदेखिकै स्थिति समान बन्दा ५ दलबाहेक अरुको थ्रेसहोल्ड कटाउने सम्भावना न्यून हुँदै गएको छ | यिनीहरुले मत बढाएका छन् तर अरु दलकै लयमा बढाउँदा प्रतिशत समान छ | थ्रेसहोल्ड नकाटाउने मध्ये सबैभन्दा शिर्ष स्थानमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीले ५० प्रतिशतको मत गणना मा जति प्रतिशत मत आएको थियो अहिले पनि समान त्यस्तै स्थिति छ | उसले अहिलेसम्म गनिएको कुल मतको करिव २.३०% मत मात्र पाएको छ जुन बुधबारको तुलनामा समान प्रतिशत हो | अब यही लयमा गईरहने हो भने उसले ३% थ्रेसहोल्ड कटाउने सम्भावना छैन | त्यस्तै विवेकशीलको स्थिति पनि राप्रपाको जस्तै छ |   

राष्ट्रिय प्रजातन्त्र पार्टी: 175348

विवेकशील साझा पार्टी: 173754

नयाँ शक्ति पार्टी, नेपाल: 69138

राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक): 63832

नेपाल मजदुर किसान पार्टी: 50369

अन्य: 280613

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह