११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

उपत्यकाका वाम २५ प्रदेशसभा सदस्यमा विजयी

२८ मंसिर २०७४, बिहीबार ०७:२४

मङ्सिर २८, काठमाडौँ । प्रदेशसभाअन्तर्गत उपत्यकामा पाँच सिटबाहेक सबै सिटमा वाम गठबन्धन विजय भएको छ । 

उपत्यकामा भएका ३० प्रदेशसभामा नेपाली काँग्रेस तीन र नेपाल मजदुर किसान पार्टीको एक सिटबाहेक २५ सिटमा वाम गठबन्धन विजयी भएको हो । १५ निर्वाचन क्षेत्रमा १० निर्वाचन क्षेत्र जितेको वाम गठबन्धनले प्रतिनिधिसभामा भने २५ सिट प्राप्त गरेको छ । 

प्रतिनिधिसभामा काठमाडौँका क्षेत्र नं १, ४, ६ र १० मा काँग्रेस र भक्तपुर १ मा नेपाल मजदुर किसान पार्टीका उम्मेदवार विजयी हुनुभएको छ । काठमाडौँमा ४ स्थान र भक्तपुरमा नं १ प्रदेशबाहेक सबै प्रदेशमा वाम गठबन्धनका उम्मेदवार विजयी हुनुभएको हो । 

ललितपुरमा भने वाम गठबन्धनले एकलौटी जित हासिल गरेको छ । त्यहाँ प्रतिनिधिसभा र प्रदेशसभामा अन्य दलले कुनै सिट ल्याउन सकेनन् । 

काँग्रेसबाट काठमाडौँ क्षेत्र नं १ को १ मा दीपेन्द्र श्रेष्ठ, काठमाडाँै नं ३ को १ मा छिरिङ दोर्जे लामा, काठमाडौँ–४ को १ मा नरोत्तम वैद्य र काठमाडौँ–१० को १ मा पुकार महर्जन तथा भक्तपुर–१ को १ मा नेपाल मजदुर किसान पार्टीका सुरेन्द्रराज गोसाइबाहेक सबै सिटमा वाम गठबन्धन विजयी भएको हो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै