२०८२, ८ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काभ्रेपलान्चोक - KVP

काभ्रेपलाञ्चोकमा आठ हजारभन्दा बढी मत बदर

२०७४, २८ मंसिर बिहीबार ०७:४८

मङ्सिर २८, बनेपा । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको प्रत्यक्षतर्फ काभ्रेपलाञ्चोकमा आठ हजार २९९ (४.३०) प्रतिशत मत बदर भएको छ । 

जिल्ला निर्वाचन कार्यालयका अनुसार काभ्रेपलाञ्चोकको प्रतिनिधिसभा क्षेत्र नं १ मा ४ हजार २०० र प्रतिनिधिसभा क्षेत्र नं २ मा चार हजार ९९ मत बदर भएको हो । 

मतदाता शिक्षाको अभाव, मतदान गर्ने प्रक्रिया नजानेका कारण मत बदर भएको जिल्ला निर्वाचन अधिकारी मधुकर पोखरेलले जानकारी दिनुभयो । 

हामीले मत कसरी खसाल्ने भन्ने विषयमा सिकाएनाँै, त्यस्तो त्रुटि पनि देखियो उहाँले भन्नुभयो । कूल दुई लाख ७२ हजार २९२ मतदाता रहेको जिल्लामा एक लाख ९२ हजार ८७० मत खसेको थियो । 

जिल्लाको प्रतिनिधिसभा क्षेत्र नं १ मा एक लाख ३३ हजार ७७८ मतदाता रहेकामा ९३ हजार ५४२ मत खसेको थियो भने प्रतिनिधिसभा क्षेत्र नं २ मा एक लाख ३८ हजार ५१८ मतदाता रहेकामा ९९ हजार ३२८ मत खसेको थियो । काभ्रेपलाञ्चोकमा प्रतिनिधिसभा निर्वाचन क्षेत्र दुई र प्रदेशसभा चार रहेको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह