विगतदेखि नै वि"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

विगतदेखि नै वि"/>

११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

​डेउ नेपाली एकता समाजद्धारा सप्तरीका बाढीपीडितलाई जस्तापाता वितरण

२८ मंसिर २०७४, बिहीबार ०८:४०

मंसिर २८, काठमाडौ । तराईको विभिन्न जिल्लामा गएको बाढीपहिरोबाट प्रभावित पीडितहरुलाई डेउ नेपाली एकता समाज गजेदो दक्षिण कोरियाले सहयोग गरेको छ ।


विगतदेखि नै विभिन्न सामाजिक कार्यहरु गर्दै आएको समाजले बाढी पीडितहरु सहयोग गरेको हो । पीडितहरुलाई लक्षित गर्दै समाजले १ लाख ९६ हजार रुपैयाँ संकलन गरेको थियो ।

संकलित रकम समाजका उपाध्यक्ष रबि लामा र सह–सचिव दिनेश पाठकको नेतृत्वमा सप्तरी जिल्लाको तिरुहत गाउँपालिका–२ का बाढी पीडितहरुलाई राहत स्वरूप जस्तापाता वितरण गरेका छन् ।


समाजका उपाध्यक्ष रबि लामाले स्थानीय जनप्रतिनिधिसँगको समन्वयमा संस्थाले जस्तापाता वितरण गरेको बताए । स्थानीय जनप्रतिनिधिको सल्लाह अनुसार गरिब,विपन्न निमुखा परिवारलाई प्राथमिकतामा राखेर राहत वितरण गरेको उनले जानकारी दिए ।


बाढी पीडित लगत्तै राहत वितरण गर्न चाहेको भएपनि कोरियाली चाडपर्व लगत्तै नेपालको चाडपर्व र निर्वाचनले गर्दा लक्षित समयमै पीडितको हातमा राहत समयमा नै पुर्याउन नसकिए पनि हाल वितरण गरेको समाजका अध्यक्ष अंशुबर्मा लिम्बूले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै