२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

अझै भेटिएनन त्रिशुली नदीमा खसेको वसका दुई यात्रु

२८ मंसिर २०७४, बिहीबार ०९:२४

प्रेम सुनार/मङ्सिर २८, गुल्मी । निवार्चनको मुखमा यहि मंसिर १३ गते चितवनको ईछच्छाशक्ति गाउँपालिका अन्तरगत त्रिशुली नदिमा खसेको वसका यात्रुहरु मध्ये अझै दुई जना फेला पर्न सकेका छैनन् ।

काठमाण्डौबाट अर्घाखाँची तर्फ जाँदै गरेको लु १ ख २९१ नम्वरको वस उक्त दिन चितवनको ईच्छा शक्ति गाउँपालिका वडा नम्वर ३ थिस्लीङ्ग भन्ने स्थानको सडकबाट त्रिशुली नदिमा खसेको थियो । उक्त दुर्घटनामा  सता जनाको मृत्यु भएको , २२ जना घाईते रहेको र अझै दुई  जना फेला पर्न नसकेको आफन्त मार्फत आफुहरुले जानकारी पाएको ईलाका प्रहरी कार्याल मुग्लीङ्गका प्रमुख प्रहरी निरीक्षक धर्म केसीले बताए ।

‘मृतक मध्ये एक जनाको अझै सनाखत हुन सकेको छैन्,–प्रहरी निरीक्षक केसीले भने,–अर्घाखाँचीबाट दुई जना वेपत्ता भएको आफन्जनले टिपाएका छन् खोजी कार्य जारी छ ।’ उनका अनुसार वेपत्ता हुनेमा एक जना पुरुष  र एक जना महिला छन् । 

उनिहरुको नाम विवरण प्रहरीले नखुलाए पनि अर्घाखाँचीका भएको बताएको छ । सवैको ध्यान निर्वाचन तर्फ गएकोले उक्त दुर्घटनाको खवर ओझेलमा परेको छ । अर्घाखाँचीबाट धेरै आफन्तजन निर्वाचन ताका सञ्चारकर्मीहरु संग रुदै आफन्जतको खासी हुन नसकेको गुनासो गर्दै थिए । 

चुनाव अघि  एक जनाको र  चुनाव पछि दुई जना सहित पछिल्लो चरण तिन जनाको शव फेला परेको बताईएको छ । 

मृतकहरु मध्ये अर्घाखाँचीका अन्दाजी ५२ वर्षिय नुदराज अधिकारी , दैलेखका अन्दाजी ३२ वर्षिय अमरबहादुर शाही , नवलपरासीको वर्दघाट १ वस्ने अन्दाजी ५० वर्षिय कृष्ण ढकाल, अर्घाखाँची कै अन्दाजी ४३ वर्षिया लक्ष्मी पौड्याल रुपन्देशी देवदह ९ का अन्दाजी ३० वर्षिय दिपक पाण्डे कपिल वस्तुका ४३ वर्षिय ओमबहादुर सिंजापति  र अरु विवरण नखुलेको विष्णु भन्ने एक जना रहेको  जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । 

२२ जना घाईते मध्ये कतिपयको भरतपुरस्थित  पुरानो मेडिकलमा उपचार भई रहेको जनाईएको छ । प्रहरीका अनुसार अर्घाखाँचीका राजेन्द्र रायमाझी र बाँके कोहलपुर ७ की उमा पोखरेलको अवस्था केहि गम्भीर रहेको छ । अर्घाखाँची घर बताईएका चालक एमबहादुर क्षेत्री  प्रहरी हिरासतमा रहेका ेजनाईएको छ ।

पश्चिमाञ्चल वस व्यवसायी संघ अर्घाखाँची शाखा प्रमुख कमल भट्टराईका अनुसार २६ जना काठमाण्डौ वसवार्कबाट चढेका थिए । दुई जना कलंङकीबाट र दुई जना  र अरु दुई जना विचबाट चढेको जानकारी आफुले पाएको उनले बताए ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…