३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यसपालीको निर्वाचन कम खर्चिलो र कम झगडालु

२८ मंसिर २०७४, बिहीबार ११:४८

प्रेम सुनार/ मंसिर २८, गुल्मी ।  यसपाली गुल्मीमा सम्पन्न प्रतिनिधी सभा र प्रदेश सभाको निर्वाचनको प्रचार प्रसारले नयाँ  शैलीको विकास गरेको छ । 

कुनै पनि दलको कुनै पनि उमेदावारहरुले ठुला आम सभाहरु गरेनन् । निकै खर्चिले विसाल मोटर साईकल ¥याली पनि गरिएन् ।  प्रत्येक दलका प्रत्येक दलका उमेदवारहरुले आम सभाको सट्टा गाम सभा गरे । 

विगतमा एउटै विसाल चुनावी आम सभामा  टेढ देखि ३ लाख सम्म खर्च हुने गरेको बताउँ छन् नेताहरु । ‘वामगठबन्धनबाट उमेदवार रहेका  नेता प्रदिपकुमार ज्ञवालीले माथी केपी ओली लगायका नेताहरुलाई वोलाएर  ठुलै आमसभा  गर्ने हो र ? भनेर सोध्धै हुनुहुन्थ्यो,– नेकपा एमालेका सचिवालय सदस्य जंग नेपालीले भने –उहाँहरुलाई ल्याउन त हामीलाई पनि मन थियो तर त्यो आम सभामा खर्चिने रकमले पुरै  चुनावी खर्च थेग्न सकिने देखेर  भो त्यतातिर नलागौं भन्ने सल्लाह दिएँ ।’

उनले भने –‘ पहिलो कुरा त कम्तीमा पनि ५ दिन सम्म त्यसै आमसभाको तयारीमा कार्यकर्ता परिचालन गर्नु प¥यो ।  त्यतातिर लाग्दा जनता संगको प्रत्यक्ष सम्पर्क टुट्छ , अव यस्ता आमसभा होईन , टोल टोलमा पुगेर जनता संग प्रत्यक्ष दुख सुख साट्नु नै उपयुक्त हुने देखियो ।’

वामगबन्धन कै क्षेत्र नम्वर २ उमेदवार  तथा विजयी प्रतिनिधी सभाका सांसद गोकर्णराज विष्टले पनि चुनावी खर्चलाई निकै कम गरे । उनले होटलहरुमा  खाना खाने कुरालाई बन्द गरे । माओवादी जनयुद्ध कै शैलीमा मेश खडा गरे । आफुले पनि मेश मै खाए कार्यकर्ताहरु संग वसेर ।  वामगठबन्धनका दुवै क्षेत्रका उमेदवारहरुको  खानपिन हिडडुल  शैली  एकदमै साधारण रह्यो । 

विगतका निर्वाचनहरुमा कार्यकर्ताहरुको ठुलो जमात एक देखि अर्को  स्थानमा लैजाले शक्ति प्रदर्शन गर्ने , झडपको स्थिती सम्म सिजर्न हुने गर्दथ्यो । तर यसपाली त्यस्तो गरिएन जहाँ पुग्यो त्यहीका कार्यकर्ता जुटाईयो ।  स्थानिय तहको निर्वाचन सम्म चुनावी खर्च देख्दा अव  गरिवले चुनाव लड्ने दिन गए भन्थे नेताहरु नै,  तर यसपालीको निर्वाचनले   कम खर्चको सन्देश दिएको छ । 

यता नेपाली कांग्रेसका उमेदवारहरुले पनि विगतको तुलनामा कम खर्च गरेको पाईयो । उनिहरुले  पनि दुवै क्षेत्रमा ठुला चुनावी सभा गरेनन् । कांग्रेस सभापति भुवनप्रसाद श्रेष्ठ भन्छन ,–वामगठबन्धनको खर्च त मलाई थाह भएन तर हाम्रा उमेदवारहरुले यसपाली कम  भन्दा कम खर्चमा चुनाव सम्पन्न गर्नु भएको छ ।’

 हरेक निर्वाचनमा युवा  परिचालन  खर्च नै उमेदवारहरुलाई बढि बोझको विषय बन्ने गरेको थियो । दिउँसो सामन्य खर्चमा डुले पनि साँझ मदिरा सेवनको खर्च थेगी नसाध्धे हुने गर्दथ्यो । स्थानिय तहको निर्वाचनमा एउटे वडाध्यक्षले  होटलमा ८ लाख सम्म मासु र मदिराको विले तिरेको  चर्चा समेत चल्यो तर यसपालीको निर्वाचनमा त्यस्तो सुन्नु परेन् ।

मदिराले मात्तिएका कार्यकर्ताले अनाहकमा विपक्ष दलका कार्यकर्ता माथी आक्रमण गर्ने, जथाभावी वोलेर झडपको सिर्जन  गर्ने गर्दथे । 

अहिले गुल्मीमा छिटफुट घटना वाहेक दलहरु विच शौहार्दपुर्ण वातवरणमा निर्वाचन सम्पन्न भयो । प्रमुख निर्वाचन अधिकृता रामप्रसाद न्यौपाने भन्छन्–‘यति शौहार्दपुर्ण वातवरणमा निर्वाचन सम्पन्न गराउन पाएकोमा शौभाग्य  ठान्छु र म यहाँका राजनैतिक दल, प्रमुख जिल्ला अधिकारी सुरक्षा निकाय र खट्ने सवै कर्मचारीहरुलाई विशेष धन्यवाद् दिन्छु ।’

 ‘स्थानिय तहको निर्वाचनमा कार्यकर्ता विच झडप हुँदा ज्यान मार्ने उद्योगका तिन वटा मुद्धा परेका थिए भने दर्जनौ ठाडा उजुरी परेका थिए’– जिल्ला प्रहरी कार्यालय मुद्धा फाँटका प्रहरी सहायक निरक्षक सत्यनारायण यादवले भने–‘यसपाली जम्मा सात वटा ठाडा उजुरी मात्र परेका छन् । 

उनका अनुसार फोक्सीङ्ग, अर्वेनी, सिमीचौर, अर्खले,चारपाला, गौडाकोट र मदाने सहति सात स्थानमा यसपाली कार्यकर्ता विच झडप भएको थियो । विगतको तुलानमामा यि घटनाहरु नगन्य हुन् । समग्रमा यस जिल्लामा चुनाव कार्यकर्ता उफारेर, पैसा खर्च गरेर मात्र जितिदैन भन्ने सन्देश सहित सम्पन्न भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली