२०८२, ८ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यसपालीको निर्वाचन कम खर्चिलो र कम झगडालु

२०७४, २८ मंसिर बिहीबार ११:४८

प्रेम सुनार/ मंसिर २८, गुल्मी ।  यसपाली गुल्मीमा सम्पन्न प्रतिनिधी सभा र प्रदेश सभाको निर्वाचनको प्रचार प्रसारले नयाँ  शैलीको विकास गरेको छ । 

कुनै पनि दलको कुनै पनि उमेदावारहरुले ठुला आम सभाहरु गरेनन् । निकै खर्चिले विसाल मोटर साईकल ¥याली पनि गरिएन् ।  प्रत्येक दलका प्रत्येक दलका उमेदवारहरुले आम सभाको सट्टा गाम सभा गरे । 

विगतमा एउटै विसाल चुनावी आम सभामा  टेढ देखि ३ लाख सम्म खर्च हुने गरेको बताउँ छन् नेताहरु । ‘वामगठबन्धनबाट उमेदवार रहेका  नेता प्रदिपकुमार ज्ञवालीले माथी केपी ओली लगायका नेताहरुलाई वोलाएर  ठुलै आमसभा  गर्ने हो र ? भनेर सोध्धै हुनुहुन्थ्यो,– नेकपा एमालेका सचिवालय सदस्य जंग नेपालीले भने –उहाँहरुलाई ल्याउन त हामीलाई पनि मन थियो तर त्यो आम सभामा खर्चिने रकमले पुरै  चुनावी खर्च थेग्न सकिने देखेर  भो त्यतातिर नलागौं भन्ने सल्लाह दिएँ ।’

उनले भने –‘ पहिलो कुरा त कम्तीमा पनि ५ दिन सम्म त्यसै आमसभाको तयारीमा कार्यकर्ता परिचालन गर्नु प¥यो ।  त्यतातिर लाग्दा जनता संगको प्रत्यक्ष सम्पर्क टुट्छ , अव यस्ता आमसभा होईन , टोल टोलमा पुगेर जनता संग प्रत्यक्ष दुख सुख साट्नु नै उपयुक्त हुने देखियो ।’

वामगबन्धन कै क्षेत्र नम्वर २ उमेदवार  तथा विजयी प्रतिनिधी सभाका सांसद गोकर्णराज विष्टले पनि चुनावी खर्चलाई निकै कम गरे । उनले होटलहरुमा  खाना खाने कुरालाई बन्द गरे । माओवादी जनयुद्ध कै शैलीमा मेश खडा गरे । आफुले पनि मेश मै खाए कार्यकर्ताहरु संग वसेर ।  वामगठबन्धनका दुवै क्षेत्रका उमेदवारहरुको  खानपिन हिडडुल  शैली  एकदमै साधारण रह्यो । 

विगतका निर्वाचनहरुमा कार्यकर्ताहरुको ठुलो जमात एक देखि अर्को  स्थानमा लैजाले शक्ति प्रदर्शन गर्ने , झडपको स्थिती सम्म सिजर्न हुने गर्दथ्यो । तर यसपाली त्यस्तो गरिएन जहाँ पुग्यो त्यहीका कार्यकर्ता जुटाईयो ।  स्थानिय तहको निर्वाचन सम्म चुनावी खर्च देख्दा अव  गरिवले चुनाव लड्ने दिन गए भन्थे नेताहरु नै,  तर यसपालीको निर्वाचनले   कम खर्चको सन्देश दिएको छ । 

यता नेपाली कांग्रेसका उमेदवारहरुले पनि विगतको तुलनामा कम खर्च गरेको पाईयो । उनिहरुले  पनि दुवै क्षेत्रमा ठुला चुनावी सभा गरेनन् । कांग्रेस सभापति भुवनप्रसाद श्रेष्ठ भन्छन ,–वामगठबन्धनको खर्च त मलाई थाह भएन तर हाम्रा उमेदवारहरुले यसपाली कम  भन्दा कम खर्चमा चुनाव सम्पन्न गर्नु भएको छ ।’

 हरेक निर्वाचनमा युवा  परिचालन  खर्च नै उमेदवारहरुलाई बढि बोझको विषय बन्ने गरेको थियो । दिउँसो सामन्य खर्चमा डुले पनि साँझ मदिरा सेवनको खर्च थेगी नसाध्धे हुने गर्दथ्यो । स्थानिय तहको निर्वाचनमा एउटे वडाध्यक्षले  होटलमा ८ लाख सम्म मासु र मदिराको विले तिरेको  चर्चा समेत चल्यो तर यसपालीको निर्वाचनमा त्यस्तो सुन्नु परेन् ।

मदिराले मात्तिएका कार्यकर्ताले अनाहकमा विपक्ष दलका कार्यकर्ता माथी आक्रमण गर्ने, जथाभावी वोलेर झडपको सिर्जन  गर्ने गर्दथे । 

अहिले गुल्मीमा छिटफुट घटना वाहेक दलहरु विच शौहार्दपुर्ण वातवरणमा निर्वाचन सम्पन्न भयो । प्रमुख निर्वाचन अधिकृता रामप्रसाद न्यौपाने भन्छन्–‘यति शौहार्दपुर्ण वातवरणमा निर्वाचन सम्पन्न गराउन पाएकोमा शौभाग्य  ठान्छु र म यहाँका राजनैतिक दल, प्रमुख जिल्ला अधिकारी सुरक्षा निकाय र खट्ने सवै कर्मचारीहरुलाई विशेष धन्यवाद् दिन्छु ।’

 ‘स्थानिय तहको निर्वाचनमा कार्यकर्ता विच झडप हुँदा ज्यान मार्ने उद्योगका तिन वटा मुद्धा परेका थिए भने दर्जनौ ठाडा उजुरी परेका थिए’– जिल्ला प्रहरी कार्यालय मुद्धा फाँटका प्रहरी सहायक निरक्षक सत्यनारायण यादवले भने–‘यसपाली जम्मा सात वटा ठाडा उजुरी मात्र परेका छन् । 

उनका अनुसार फोक्सीङ्ग, अर्वेनी, सिमीचौर, अर्खले,चारपाला, गौडाकोट र मदाने सहति सात स्थानमा यसपाली कार्यकर्ता विच झडप भएको थियो । विगतको तुलानमामा यि घटनाहरु नगन्य हुन् । समग्रमा यस जिल्लामा चुनाव कार्यकर्ता उफारेर, पैसा खर्च गरेर मात्र जितिदैन भन्ने सन्देश सहित सम्पन्न भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह