११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आज समानुपातिकको मतगणना सकिँदै, बिहानसम्म कसले कति मत पाए ?

२९ मंसिर २०७४, शुक्रबार ०२:३०

मङ्सिर २९, काठमाडौँ | समानुपातिकको जारी मतगणना आज सम्पन्न हुने निर्वाचन आयोगले जनाएको छ | हालसम्मको प्राप्त मतको आधारमा अध्ययन गर्दा समानुपातिकमा एमाले-कांग्रेसको टक्कर जारी छ | एमालेले अग्रता लिँदै अहिलेसम्म पनि अग्रताको स्थितिलाई कायम राख्दा कांग्रेसले पनि त्यहि गतिमा आफ्नो लय समातेको छ | 

पछिल्लो मत परिणाम (शुक्रबार बिहानको अपडेट) लाई हेर्ने हो भने एमाले-कांग्रेसको समानुपातिकमा मतान्तर ८२ हजार १८ रहेको छ | जुन समानुपातिक मत परिणामको आधारमा सिट संख्याको हिसाबमा १ सिट मात्र बढी हुन सक्ने मतान्तर हो | यस्तो अवस्थामा कांग्रेसको भन्दा एमालेले समानुपातिकमा १ सिट मात्र बढी ल्याउने देखिन्छ | 

यो समाचार तयार गर्दासम्म नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले २९ लाख ४१ हजार ३४७ मत प्राप्त गरेको देखिन्छ भने नेपाली कांग्रेसले २८ लाख ५९ हजार ३२९ मत प्राप्त गरेको देखिन्छ | त्यस्तै माओवादी केन्द्रको अहिलेसम्मको मत ११ लाख ८३ हजार ८७८ छ | त्यस्तै समानुपातिक मतमा थ्रेस होल्ड कटाउने थप दुई दलमा मधेसी दल मात्र भएका छन् | संघिय समाजवादी फोरम र राजपाले मात्र समानुपातिक थ्रेसहोल्ड कटाएका छन् | 

कुन दलले कति-कति मत पाए हेर्नुहोस् 

नेपाल कम्युनिष्ट पार्टी (एमाले): 2941347

नेपाली काँग्रेस: 2859329

एकल चिन्ह गोलाकारभित्रको हसियाहथौडा लिएका: 1183878

संघीय समाजवादी फोरम, नेपाल: 416879

राष्ट्रिय जनता पार्टी नेपाल: 379610

विवेकशील साझा पार्टी: 197026

राष्ट्रिय प्रजातन्त्र पार्टी: 188183

नयाँ शक्ति पार्टी, नेपाल: 75486

राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक): 74147

नेपाल मजदुर किसान पार्टी: 52614

अन्य: 317242

तर मतपरिणाम सार्वजनिक गर्नेबारे आयोग अस्पष्ट

प्रतिनिधिसभा र प्रदेशसभातर्फ मतगणनाको काम अन्तिम चरणमा पुगे पनि समानुपातिकतर्फको परिणाम तत्काल सार्वजनिक गर्ने कि नगर्नेबारे निर्वाचन आयोग द्विविधामा देखिएको छ । ‘शुक्रबारसम्म समानुपातिकतर्फको मतगणना सकिन्छ,’ आयोगका प्रवक्ता नवराज ढकालले भने, ‘तर, तत्काल परिणाम सार्वजनिक गर्ने कि नगर्ने आयोगलाई प्रक्रियागत समस्या भएको छ ।’ उनले अन्तिम परिणाम कहिले सार्वजनिक गर्ने स्पष्ट रूपमा खुलाउन चाहेनन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै