२०८२, ८ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आज समानुपातिकको मतगणना सकिँदै, बिहानसम्म कसले कति मत पाए ?

२०७४, २९ मंसिर शुक्रबार ०२:३०

मङ्सिर २९, काठमाडौँ | समानुपातिकको जारी मतगणना आज सम्पन्न हुने निर्वाचन आयोगले जनाएको छ | हालसम्मको प्राप्त मतको आधारमा अध्ययन गर्दा समानुपातिकमा एमाले-कांग्रेसको टक्कर जारी छ | एमालेले अग्रता लिँदै अहिलेसम्म पनि अग्रताको स्थितिलाई कायम राख्दा कांग्रेसले पनि त्यहि गतिमा आफ्नो लय समातेको छ | 

पछिल्लो मत परिणाम (शुक्रबार बिहानको अपडेट) लाई हेर्ने हो भने एमाले-कांग्रेसको समानुपातिकमा मतान्तर ८२ हजार १८ रहेको छ | जुन समानुपातिक मत परिणामको आधारमा सिट संख्याको हिसाबमा १ सिट मात्र बढी हुन सक्ने मतान्तर हो | यस्तो अवस्थामा कांग्रेसको भन्दा एमालेले समानुपातिकमा १ सिट मात्र बढी ल्याउने देखिन्छ | 

यो समाचार तयार गर्दासम्म नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले २९ लाख ४१ हजार ३४७ मत प्राप्त गरेको देखिन्छ भने नेपाली कांग्रेसले २८ लाख ५९ हजार ३२९ मत प्राप्त गरेको देखिन्छ | त्यस्तै माओवादी केन्द्रको अहिलेसम्मको मत ११ लाख ८३ हजार ८७८ छ | त्यस्तै समानुपातिक मतमा थ्रेस होल्ड कटाउने थप दुई दलमा मधेसी दल मात्र भएका छन् | संघिय समाजवादी फोरम र राजपाले मात्र समानुपातिक थ्रेसहोल्ड कटाएका छन् | 

कुन दलले कति-कति मत पाए हेर्नुहोस् 

नेपाल कम्युनिष्ट पार्टी (एमाले): 2941347

नेपाली काँग्रेस: 2859329

एकल चिन्ह गोलाकारभित्रको हसियाहथौडा लिएका: 1183878

संघीय समाजवादी फोरम, नेपाल: 416879

राष्ट्रिय जनता पार्टी नेपाल: 379610

विवेकशील साझा पार्टी: 197026

राष्ट्रिय प्रजातन्त्र पार्टी: 188183

नयाँ शक्ति पार्टी, नेपाल: 75486

राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक): 74147

नेपाल मजदुर किसान पार्टी: 52614

अन्य: 317242

तर मतपरिणाम सार्वजनिक गर्नेबारे आयोग अस्पष्ट

प्रतिनिधिसभा र प्रदेशसभातर्फ मतगणनाको काम अन्तिम चरणमा पुगे पनि समानुपातिकतर्फको परिणाम तत्काल सार्वजनिक गर्ने कि नगर्नेबारे निर्वाचन आयोग द्विविधामा देखिएको छ । ‘शुक्रबारसम्म समानुपातिकतर्फको मतगणना सकिन्छ,’ आयोगका प्रवक्ता नवराज ढकालले भने, ‘तर, तत्काल परिणाम सार्वजनिक गर्ने कि नगर्ने आयोगलाई प्रक्रियागत समस्या भएको छ ।’ उनले अन्तिम परिणाम कहिले सार्वजनिक गर्ने स्पष्ट रूपमा खुलाउन चाहेनन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह