२०८२, ९ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यसकारण बढ्दैछन् सुर्खेतमा किशोरी आमाहरु

२०७४, २९ मंसिर शुक्रबार ०३:००

मङ्सिर २९, सुर्खेत । सुर्खेतमा किशोरी आमाको संख्या बढ्दै गइरहेको पाइएको छ । बालविवाहका कारण किशोरी आमाको ज्यान जोखिममा पर्ने गरेको छ । उमेर नपुग्दै विवाह गर्नाले बच्चा जन्माउने क्रममा विभिन्न स्वास्थ्य समस्या आउने भएपछि किशोरी आमाको ज्यान जोखिममा परेको हो । 

वर्षेनी २० वर्षमुनिका किशोरी प्रसूति हुन स्वास्थ्य संस्थामा आउनेको संख्या बढ्दो क्रममा रहेको देखिएको जिल्ला स्वास्थ्य कार्यालयको तथ्यांकमा देखिएको छ । वर्षेनी तीन हजारभन्दा बढी किशोरी आमा बनेको कार्यालयको तथ्यांकमा उल्लेख गरिएको छ । 

कार्यालयको तथ्यांकअनुसार आर्थिक वर्ष २०७३-७४ मा नौ हजार ६७९ जनाले विभिन्न स्वास्थ्य संस्थाबाट प्रसूति सेवा लिएका थिए, जसमध्ये तीन हजार २९ किशोरी रहेका छन् । त्यसैगरी, आव २०७२-७३ मा पनि झण्डै तीन हजार किशोरी प्रसूति हुन स्वास्थ्य संस्थामा आएका थिए । कार्यालयको तथ्यांकअनुसार दुई हजार ८५१ ले प्रसूति सेवा लिएका थिए । 

बढ्दो बालविवाहका कारण आमा बन्ने महिलाको संख्यामा वृद्धि भएको छ, जसका कारण आमाको ज्यान जोखिममा रहेको जिल्ला स्वास्थ्य कार्यालय, सुर्खेतका सूचना अधिकृत वसन्तमान श्रेष्ठले जानकारी दिनुभयो । 

“कम उमेरमा विवाह गर्ने र चाँडै आमा बन्ने हुँदा किशोरीको ज्यान जोखिममा रहेको छ”, सूचना अधिकारी श्रेष्ठ भन्नुहुन्छ, “जसका कारण यस्ता किशोरी घरेलु हिंसाको शिकार हुन बाध्य भएका छन् ।” 

त्यसैगरी, गर्भवती जाँच गर्न आउने किशोरीको संख्या पनि उत्तिकै रहेको छ । आव २०७३÷७४ मा चारपटक गर्भ जाँच गर्नेको संख्या छ हजार ७५६ रहेकामा चार हजार ७६९ जना २० वर्ष मुनिका रहेका छन् । 

यस्तै, ‘आव २०७२/७३ मा आठ हजार ५६७ ले पहिलोपटक गर्भ जाँच गराएकामा झण्डै तीन हजारजना २० वर्ष मुनिका रहेका छन् । 

गर्भवती किशोरी जाँच गर्न कमै आउने गरेको सूचना अधिकारी श्रेष्ठ बताउनुहुन्छ । लाजका कारण पनि किशोरी गर्भ जाँच गर्न नआउने कारणले उनीहरुको स्वास्थ्यमा जोखिम हुने श्रेष्ठले बताउनुभयो । यसले गर्दा किशोरीको प्रसूति अवस्थामा विभिन्न जटिलता आउने गरेको श्रेष्ठको भनाइ थियो । यसले जिल्लामा बालविवाह गर्नेको संख्या पनि ठूलो रहेको देखाउँछ । 

बालविवाह अन्त्यका लागि विगत लामो समयदेखि जिल्लामा विभिन्न कार्यक्रम भइरहेका छन् । तर, पनि बालविवाहमा कमी आउन सकेको छैन । सरकारी तथा गैरसरकारी निकायबाट पनि बालविवाहविरुद्धका अभियान सञ्चालन भइरहेका छन् । बालविवाहविरुद्ध काम गर्ने संघसंस्थाले बालविवाह न्यूनीकरण भएको दाबी गरिरहे पनि अवस्था उस्तै रहेको अस्पतालको तथ्यांकबाट प्रष्ट हुन आउँछ । 

जिल्लामा उपचार गरिएका जटिल प्रकारका उपचार गराउनेमध्ये अधिकांश २० वर्ष नपुग्दै बच्चा जन्माउने किशोरी आमा रहेका छन् । कार्यालयका अनुसार कम उमेरमा बच्चा जन्माउँदा जिल्लामा शिशु मृत्युदरसमेत बढेको छ । कम उमेरमा विवाह गरेर किशोरी आमा बन्नुमा अन्धविश्वास र सामाजिक परम्परा प्रमुख कारण रहेको सूचना अधिकारी श्रेष्ठको भनाइ थियो । 

सामाजिक संस्कार तथा मूल्य मान्यताका कारण यसमा प्रत्यक्ष असर परेको उनी बताउँछन् । यस्तो गलत संस्कारको अन्त्यका लागि जनचेतनाको आवश्यकता रहेको महिला अधिकारकर्मी संगीता वलीको भनाइ छ । 

परिवार नियोजनका अस्थायी साधनबारे राम्रो जानकारी नहुँदा पनि कम उमेरमै बच्चा जन्माउने गरेको पाइएको उहाँको भनाइ छ । 

बालविवाहको कारण अन्य पारिवारिक जिम्मेवारी बढ्ने, मानसिक तनाव बढ्ने, स्वतन्त्रताको कमी हुनेजस्ता सामाजिक बन्धनले गर्दा यस्ता किशोरीमा डिप्रेसन (मानसिक चिन्ता) हुन सक्ने तथा किशोरावस्थामा नै गर्भवती हुनुपरेमा गर्भको जटिलता बढी हुने चिकित्सक बताउँछन् । -लक्ष्मी भण्डारी/रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यात्रुबाहक बस विद्युतको पोलमा ठोक्किँदा ९ जना घाइते खैरो हेरोइनसहित युवक पक्राउ युवाका लागि स्वदेशमै अवसर सिर्जना गर्न आवश्यक : प्रधानमन्त्री एमालेको झण्डा जलाइएको हो भने दोषीलाई कारवाही हुन्छः निर्वाचन आयोग दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश प्रधानमन्त्री कार्कीद्वारा मुक्तिनाथको दर्शन रास्वपाको भैरहवा र पोखराको चुनावी सभा स्थगित बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ स्रोत नखुलेको नगदसहित एकजना पक्राउ दुई समुदायबिच झडप, अवस्था तनावग्रस्त निर्वाचनकानिम्ति आवश्यक स्रोतसाधनको कमी हुँदैन : अर्थमन्त्री खनाल शुक्रबार सुनको मूल्य स्थिर सिकारुलाई देश जिम्मा दिनुहुँदैन, राज्य सञ्चालन खेल होइन: विश्वप्रकाश शर्मा गोली लागेर एक बालक घाइते पार्टी र नेताले कति जिते–जिते यसपटक जनता जिताउने हो: रवि लामिछाने रास्वपाको चुनावी वाचापत्र सार्वजनिक कांग्रेसको सरकार नेपालभित्र मात्र नभई नेपालबाहिर पौरख गरिरहेका नेपालीको पनि अभिभावक हुनेछ : सभापति थापा गणतन्त्रसम्मको यात्राको जननी फागुन ७ को क्रान्ति होः गगन थापा युवाको आक्रोशलाई सम्मान गरौँ: प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्य बढ्यो