Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

काँग्रेसको पक्षमा कमजोर नतिजा आउनु दुःखद: नेता सिंह

२०७४, २९ मंसिर शुक्रबार ०७:०६

मङ्सिर २९, काठमाडौँ ।  नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले प्रजातन्त्रका लागि संघर्ष गरेको पार्टी नेपाली काँग्रेसको पक्षमा कमजोर नतिजा आउनु दुःखद भएको बताउनुभएको छ । 

नेपाली काँग्रेस, काठमाडौँ क्षेत्र नं १ ले आज आनन्द इभेन्टमा आयोजना गरेको ‘भेटघाट तथा धन्यवाद कार्यक्रम’मा बोल्दै नेता सिंहले इतिहास र जनताको विश्वास बोकेको पार्टीको पक्षमा सोचेजस्तो नतिजा नआउनु दुःखद कुरा भएको बताउनुभयो । 

“देशमा भएका हरेक आन्दोलनको नेतृत्व गरेको पार्टी हारेको छ, अब पार्टीभित्र भएका कमीकमजोरीलाई सच्याएर आगामी निर्वाचनमा एक नम्बरको पार्टी बनाउनुपर्छ”, उहाँले भन्नुभयो । 

नेता सिंहले पार्टीभित्रकै व्यक्तिका कारण पार्टीले पराजय भोगेको भन्दै भन्नुभयो, “पार्टीको झोला बोक्ने तर पार्टीलाई दुःख परेको बेलामा असहयोग गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ ।” काठमाडौँमा काँग्रेसको पक्षमा चित्तबुझ्दो नतिजा नआएको उहाँको भनाइ थियो । 

भर्खरै सम्पन्न प्रतिनिधिसभाको निर्वाचनमा काठमाडौँ क्षेत्र नं १ बाट सांसद बन्नुभएका नेता सिंहले मुलुक निर्माण गर्नका लागि राजनीतिमा लागेको व्यक्ति आफू भएको भन्दै काठमाडौँ क्षेत्र नं १ को विकासका लागि आफू सदैव क्रियाशील रहने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले तीनपटक प्रतिनिधिसभामा जाने अवसर दिएको भन्दै मतदातालाई धन्यवादसमेत दिनुभयो । 

पूर्व उपप्रधानमन्त्री सिंहले संसद्मा आफ्नो राम्रो सिट नआएको भन्दै सरकार र संसद्ले गरेका राम्रो कामलाई समर्थन गर्दै नराम्रो कामको खबरदारी गरी जिम्मेवार प्रतिपक्षको भूमिकामा बस्ने बताउनुभयो । “विश्वमा जुन नेताको नेतृत्वमा चुनावमा गयो त्यो पार्टीले हारे राजीनामा दिने चलन छ, नेपालमा पनि त्यो संस्कारको विकास गर्नुपर्छ”, सिंहले भन्नुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै