११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चितवनमा वाम र लोकतान्त्रिक गठबन्धन बाहेक सबैको जमानत जफत

२९ मंसिर २०७४, शुक्रबार ०७:३७

मङ्सिर २९, चितवन । प्रतिनिधिसभा र प्रदेशसभामा जिल्लामा उम्मेदवार बनेका वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धन बाहेकका उम्मेदवारको धरौटी जफत भएको छ । 

प्रतिनिधिसभामा जिल्लाका तीन निर्वाचन क्षेत्रमा ४२ जनाले उम्मेदवारी दिएका थिए । छ वटा प्रदेशसभाका लागि ५३ जनाको उम्मेदवारी परेकामा ३७ उम्मेदवारले १०० भन्दा कम मत ल्याएका छन् । 

चितवनमा विजयी भएका र निकटतम प्रतिद्वन्द्वी रहेका कूल १८ जना बाहेक एक हजारभन्दा बढी मत ल्याउने उम्मेदवारको संख्या चार रहेको छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार क्षेत्र नं १ मा प्रतिनिधिसभामा १३ उम्मेदवार रहेकामा सात उम्मेदवारले १०० भन्दा कम मत ल्याएका छन् । उनीहरुमध्ये तीनजना स्वतन्त्र हुन । 

क्षेत्र नं १ प्रदेश ‘क’ र प्रदेश ‘ख’ मा १०÷१० जना उम्मेदवार थिए । प्रदेश ‘क’ मा पाँचजना र प्रदेश ‘ख’ मा तीनजना उम्मेदवारले १०० भन्दा कम मत ल्याएका छन् । 

क्षेत्र नं २ मा १५ जना उम्मेदवार रहेकामा आठजनाले १०० भन्दा कम मत ल्याएका छन् । एक सयभन्दा कम मत ल्याउनेमा तीन जना स्वतन्त्र छन् । क्षेत्र नं २ प्रदेश ‘क’ मा नौ र प्रदेश ‘ख’ मा १० जना उम्मेदवार रहेकामा ‘क’ मा तीन र ‘ख’ मा तीन जनाले एक सयभन्दा कम मत ल्याएका छन् । 

क्षेत्र नं ३ मा प्रतिनिधिसभामा १४ उम्मेदवार रहेकामाा चार स्वतन्त्रसहित पाँचजना उम्मेदवारको मत एक सयभन्दा कम आएको छ । दुई जनाले १०० मत कटाएका छन् । स्वतन्त्र उम्मेदवार हरिप्रसाद दाहालको ३५५ र प्रवेश अधिकारीको १४० मत आएको छ । 

क्षेत्र नं ३ प्रदेश ‘क’ मा १ र प्रदेश ‘ख’ मा सात सातजना उम्मेदवार चुनावी मैदानमा थिए । प्रदेश ‘क’ मा दुईजना तथा प्रदेश ‘ख’ मा एकजनाले एक सयभन्दा कम मत ल्याएका छन् । 

कूल २२ जना उम्मेदवारको मात्रै एक हजार मत कटेको छ । जसमा विजयी र निकटतम प्रतिद्वन्द्वी उम्मेदवार बाहेकका चारजना रहेको निर्वाचन कार्यालयले जनाएको छ । वाम र लोकतान्त्रिक गठबन्धन बाहिरका विवेकशील साझा र मालेका उम्मेदवारले मात्र एक हजारभन्दा बढी मत ल्याएका छन् ।  रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै