२६ मंसिर २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

कास्कीमा ७७ जना उम्मेदवारको जमानत जफत

२९ मंसिर २०७४, शुक्रबार ०८:०५

मङ्सिर २९, पोखरा  । मंसिर २१ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा कास्कीका ७७ जना उम्मेदवारको जमानत जफत भएको छ । 

कूल १८ राजनीतिक दल र तीन स्वतन्त्र गरी ९५ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा उत्रकोमा वाम गठबन्धनका नेकपा एमाले, नेकपा (माओवादी केन्द्र) तथा नेपाली काँग्रेसका १८ जना उम्मेदवारले मात्रै जमानत फिर्ता पाउनुभएको क्षेत्रीय निर्वाचन कार्यालयका सूचना अधिकारी तेजबहादुर गुरुङले जानकारी दिनुभयो । 

प्रतिनिधिसभाका तीन र प्रदेशसभाका नौ निर्वाचन क्षेत्र रहेको जिल्लामा राप्रपा, राप्रपा (प्र), नयाँशक्ति, विवेकशील साझा पार्टी, संघीय समाजवादी फोरम, देशभक्त जनतान्त्रिक मोर्चा, राष्ट्रिय जनमोर्चालगायतका राजनीतिक दल र स्वतन्त्र उम्मेदवारले खसेको सदर मतको १० प्रतिशत ल्याउन नसकेकाले जमानत जफत भएको हो । 

वाम गठबन्धनबाट नेकपा (एमाले)ले प्रतिनिधिसभाका तीन, प्रदेशसभाका तीन र माओवादी केन्द्रले प्रदेशसभामा तीन तथा लोकतान्त्रिक मोर्चाबाट नेपाली काँग्रेसका उम्मेदवारले प्रतिनिधिसभा र प्रदेशसभाका सबै सिटमा उम्मेदवारी दिएका थिए । 

प्रदेशसभा क्षेत्र नं २ (ख)मा नेपाली काँग्रेसका उम्मेदवार विजयी भए भने अन्य सबै क्षेत्रमा वाम गठबन्धनका उम्मेदवारले जितेका थिए । जिल्लाको कूल दुई लाख ५५ हजार ४५२ हजार मतदाता रहेकोमा निर्वाचनमा एक लाख ८० हजार ५७३ मत खसेकोमा एक लाख ७३ हजार ३१२ मत सदर भएको थियो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेस लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई दियो १३५ रनको लक्ष्य मन्त्रिपरिषद् बैठकः जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन प्रधानमन्त्री कार्कीसमक्ष मातृभूमि पार्टीको ज्ञापनपत्र नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य