२०८२, ८ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मधेशीले जिताएका पहाडी र पहाडीले जिताएका मधेशी अनुहार

२०७४, २९ मंसिर शुक्रबार ०८:५५

मंसिर २९,काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनमा तराई मधेशमा तुलनात्मक रुपमा मधेश केन्द्रित दल बलियो देखिए पनि ती क्षेत्रमा विजयी उम्मेदवार मधेशी र पहाडी दुवै मूलका पाइन्छन् ।

मत परिणाम हेर्दा भित्री मधेशमा समेत कतिपय पहाडी मूलका उम्मदेवारले राम्रै स्थान पाएका छन् भने पहाडी मतदाता बढी मानिने कतिपय क्षेत्रमा मधेशी मूलका उम्मेदवार विजयी भएका छन् ।

मध्यतराई र आसपासका क्षेत्रमा विगतमा चलाइएको मधेश आन्दोलनको प्रभाव रहे पनि जनताले जातीयता र क्षेत्रीयताका आधारमाा नभई राजनीतिक दल, उम्मेदवार, संगठन, लोकप्रियता र मुद्दाका आधारमा मताधिकार प्रयोग गरेको देखिएको छ ।

यही मंसिर २१ गते भएको निर्वाचनमा मोरङ क्षेत्र नं १, २ र ३ मा क्रमशः एमालेका घनश्याम खतिवडा, २ मा नेपाली काँग्रेसका डा मीनेन्द्रप्रसाद रिजाल र एमालेकै भानुभक्त ढकाल मधेशी समुदायको मतसहितले प्रतिनिधिसभामा विजयी भएका छन् ।

भित्री मधेश मानिने सिरहा क्षेत्र नं ३ मा एमालेका लीलानाथ श्रेष्ठले मधेशी जनाधिकार फोरमका अशेश्वर यादवलाई र सिरहा १ मा काँग्रेसका प्रदीप गिरीले वाम गठबन्धनका गंगाप्रसाद यादवलाई पराजित गरेका छन् ।

महोत्तरी १ मा नेकपा (माओवादी केन्द्र)का गिरिराजमणि पोखरेलले संघीय समाजवादी फोरमका लक्ष्मी महतो र सोही जिल्लाका क्षेत्र नं २ मा राजपाका शरत्सिंह भण्डारीले कांग्रेसका किरण यादवलाई पराजित गरेको अर्काे रोचक उदाहरण पनि छ ।

सर्लाही १ मा राजपाका प्रमोद साह, धनुषा ४ मा एमालेका रघुवीर महासेठ र सर्लाही ४ मा फोरमका राकेशकुमार साह पहाडी मतदाता बढी भएका क्षेत्रबाट जित्ने मधेशी अनुहार हुन् ।

विगतमा मधेश आन्दोलनमा लागेका र एमालेका कारण आफूहरुको संविधान संशोधनको माग पूरा नभएको आवाज उठाउँदै आएका नेता हृदयेश त्रिपाठीले एमालेको सूर्य चिह्न लिएर नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) १ मा विजय हासिल गरेका छन् ।

प्रदेश २ कै अर्काे जिल्ला रौतहट २ मा काँग्रेसका देवप्रसाद तिमल्सिना विजयी भएका छन् ।  राजपा र फोरमको तालमेलका कारण तराई मधेसमा ती दल पहिलो भएका छन् भने एमाले, कांग्रेस र माओवादी केन्द्र पछाडि परेका छन् ।

विश्लेषक डा राजेश अहिराजले मधेशी जनताले मूलतः संविधान संशोधनका पक्षमा मत जाहेर गरेको छ तर प्रत्यक्षतर्फ प्रतिनिधिसभामा प्रदेश नं २ का कूल ३२ स्थानमा वाम गठबन्धन सात स्थानमा विजयी हुनुले जनताले मेलमिलापको सन्देश पनि एकैसाथ दिएको बताउँछन् ।

एमालेलाई मधेशविरोधी चित्रण गर्न खोजिए पनि समानुपातिकतर्फ उसले पाएको सम्मानजनक मतले पनि त्यही संकेत गरेकाले एमालेले मधेशी भावनालाई सम्बोधन गर्नुपर्ने अहिराजको भनाइ छ ।

मधेशी पत्रकार संगठनका अध्यक्ष मोहनकुमार सिंह तराई मधेशमा मधेश आन्दोलनपूर्व देखिने सामन्ती सोच वा डर, त्रासका कारण एकै जाति समूहका नेतालाई बढी विजयी गराइएको पाइए पनि मधेश आन्दोलनमा त्यहाँका पहाडी समुदायले पनि स्वामित्व लिएकाले अहिलेको परिणाम आएको बताउँछन् । “कुनै दल, उम्मेदवार वा जातिका आधारमा होइन जनताका बीचमा काम र लोकप्रियताका कारण जनादेश आएको छ । यसलाई ध्यान दिएर विजेताले काम गर्नुपर्छ”, सिहंको भनाइ छ । प्रकाश सिलवाल /रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह