२०८२, ९ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नवलपरासीमा अमेरिकी राष्ट्रपति ट्रम्पको पुतला दहन

२०७४, २९ मंसिर शुक्रबार १०:४८

मङ्सिर २९, नवलपरासी । नवलपरासीमा मुस्लिम समुदायले अमेरिकि राष्ट्रपति डोनाल्ड ट्रम्पको पुतला दहन गरेका छन् । 

राष्ट्रपति टम्प मुर्दाबाद नारा लगाउदै जिल्लाको सदरमुकाम परासीमा विरोध पर्दशन गर्दै पुतला दहन गरेका हुन् । फिलिस्तिनमा रहेको ईस्लाम धर्मको पवित्र धार्मिक स्थल बैतुल मोकद्दस (मस्जिदे अक्शा) लाई अमेरिकी राष्ट्रपति ट्रम्पले कब्जा गर्दै फिलिस्तीनी सरकारको राजधानी बनाउन खोजेकोमा सो दुषप्रयासलाई मुस्लिमहरु घोर भर्तसना गरि विरोध प्रदर्शन गर्दै पुतला दहन गरेका हुन् ।


बैतुल मोकद्दस (मस्जिदे अक्शा) ईस्लामको उच्च ओहदाको एक भाग्नावशेष अर्थात पवित्र मस्जिद हो । यसै मस्जिदबाट नै ईस्लाम धर्मको धर्म गुरु पैगम्बर हुजुर मोहम्मद सलल्लाहो अलैहे वसल्लसम, अल्लाह तआलालाई भेटन गएका थिए । पैगम्बरको पालामा विश्वभरिका मुस्लिमहरु यसै मस्जिद तर्फ आफनो अनुहार फेरि नमाज पढने गर्दथे त्यसकारण ईस्लाम धर्ममा यस मस्जिदको उच्च ओहदा रहेको धर्मावलम्बीहरु बताउँछन् ।

आज फैजाने अहले बैत संस्था नवलरासीको आयोजनामा जिल्ला भरिका मुस्लिमहरु जुटी  अमेरिकी राष्ट्रपति ट्रम्पको पिलिस्तीनी यहुदी सरकारको राजधानी बनाउने घोष्णा प्रति विरोध जनाउदै  जिल्ला प्रंशासन कार्यालयमा  ज्ञापन पत्र बुझई यसै मार्फत नेपाल सरकारको ध्यानकर्षण पनि गराएका हुन् ।


संस्थाको अगुवाईमा परासी मस्जिद टोलबाट निकालिएको विरोध ¥याली लोकतान्त्रिक चोक, बुद्धचोक, जिल्ला प्रशासन चोक हुदै पुनः बुद्धचोक स्थित एक कोणसभामा परिण भएको थियो । ट्रम्पको फोटो सहित प्लेकार्ड बोकी ट्रम्प मुर्दाबाद नारा लगाउदै पुत्ला दहन गरेका हुन् ।

मुस्लिमहरु ¥यालीद्धारा विरोध प्रदर्शन गर्दै ट्रम्पको यो गलत निर्णय फिर्ता गराउन नेपाल सरकारले दबाब दिओस भनि सरकारलाई आग्रह गरेका थिए । सभामा वक्ताहरुले विश्वभरि यसको विरोध भईरहेको बेला नेपलाी मुस्लिमहरु यसको विरोधमा उत्रिन आग्रंह गरेका थिए । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा फागुन २१ पछि पहिलो पार्टी बन्ने एमालेको दाबी देश लुट्नेहरूलाई भाग्न पर्ने ठाउँमा पुर्‍याउने काम गर्‍यौँ: रवि लामिछाने सेना परिचालन हुँदा पनि शाान्त हुन सकेन रौतहटको गौर यात्रुबाहक बस विद्युतको पोलमा ठोक्किँदा ९ जना घाइते खैरो हेरोइनसहित युवक पक्राउ युवाका लागि स्वदेशमै अवसर सिर्जना गर्न आवश्यक : प्रधानमन्त्री एमालेको झण्डा जलाइएको हो भने दोषीलाई कारवाही हुन्छः निर्वाचन आयोग दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश प्रधानमन्त्री कार्कीद्वारा मुक्तिनाथको दर्शन रास्वपाको भैरहवा र पोखराको चुनावी सभा स्थगित बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ स्रोत नखुलेको नगदसहित एकजना पक्राउ दुई समुदायबिच झडप, अवस्था तनावग्रस्त निर्वाचनकानिम्ति आवश्यक स्रोतसाधनको कमी हुँदैन : अर्थमन्त्री खनाल शुक्रबार सुनको मूल्य स्थिर सिकारुलाई देश जिम्मा दिनुहुँदैन, राज्य सञ्चालन खेल होइन: विश्वप्रकाश शर्मा