२०८२, ८ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

नवनिर्वाचित साँसदलाई न्यायिक पुर्नस्थापना गर्न आरक्ष पीडितको माग

२०७४, २९ मंसिर शुक्रबार १०:५९

मंसिर २९, कञ्चनपुर । कञ्चनपुरका आरक्षपीडितले नवनिर्वाचित प्रतिनिधी र प्रदेश सभा सदस्यलाई न्यायिक पुर्नस्थापनाका कार्यक्रम ल्याउन माग गरेका छन् । 

शुक्रबार आरक्षपीडित जिल्ला संघर्ष समितिको पुर्नगठन कार्यक्रममा पीडितहरुले न्यायिक पुर्नस्थापनाका कार्यक्रम ल्याएर पीडितको समस्या समाधान गर्न माग गरेका हुन् । 

आरक्षपीडित जिल्ला संघर्ष समिति कञ्चनपुरका अध्यक्ष हिरासिह भण्डारीले आरक्ष पीडितले नव निर्वाचित साँसदलाई बधाई तथा सफल कार्यकालयको शुभकामना समेत दिएका छन् । यस अघि जितेर गएकाहरुले पीडितको पक्षमा कुनै पनि काम नगरेकाले पीडितको समस्या जस्ताको तेस्तै रहेकाले अहिले निर्वाचित साँसदले गम्भिर भएर ध्यान दिन समेत माग गरेका छन् । 

जसले आरक्ष पीडित र आम जनताले जिताएर प्रदेश र केन्द्रमा पु¥याएको छ, ठिक त्यसैगरी पीडितको न्याय र जनताको सेवाका लागि समेत तल्लिन हुन आग्रह गरेका छन् । यसैविच आरक्षपीडित जिल्ला संघर्ष समिति कञ्चनपुरमा पुनः हिरासिह भण्डारी नै चयन भएका छन् । 

बरिष्ठ उपाध्यक्ष मोतीराम ढगौरा, उपाध्यक्ष खेमादेवी कार्की, सचिव बिरभान सिह नायक, कोषाध्यक्ष जनकला हमाल, सदस्य दल बहादुर विक, झपड खडका, गणेश सिह विष्ट र साईबा राना रहेका छन् । आरक्ष पीडितका अगुवा गोपाल सिह धामी सल्लाहकार समितिको संयोजकमा चयन भएका छन् । 

प्रेम सिह ऐर सदस्य रहेका छन् । कञ्चनपुरका आरक्षपीडितले आफुहरुमाथी राज्यले गरेको अन्यायको क्षतिपुर्ती दिनुपर्नेमा समेत जोडदिएका छन् । विस २०५८सालमा शुक्लाफाँटा विस्तारका क्रममा विभिन्न स्तानबाट विस्थापित गराएका पीडितको अहिलेसम्म पुर्नस्थापना हुन सकेको छैन् । उनीहरु जिल्लाका विभिन्न स्थानमा शिबिर बनाएर बस्न बाध्य भएका छन् ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह