११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

समानुपातिकको मत गन्न २ जिल्ला मात्र बाँकी, कांग्रेसले मतान्तर घटायो, कसको कति ?

१ पुष २०७४, शनिबार ०४:३३

पुस १, काठमाडौं । निर्वाचन आयोगले प्रदेश तथा प्रतिनिधिसभाको समानुपातिकतर्फको मतगणना आजै सक्ने गरि गणना गरेको छ । निर्वाचन आयोगका अनुसार अब २ जिल्लाको मात्र गणना बाँकी छ । 

निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले समानुपातिकतर्फको मतगणना शनिबार साँझसम्ममा गणना भईसक्ने बताएका छन् ।

आयोगका अनुसार, अहिले सुनसरी र सर्लाही जिल्लाको मतगणना भइरहेको छ । प्रदेश नम्बर २ मा कांग्रेस अग्र स्थानमा रहेका कारण कांग्रेस र एमालेको मतान्तर अझै घट्न सक्ने सम्भावना छ । 

प्रतिनिधि सभामा तेश्रो पार्टी बनेको कांग्रेस समानुपातिकमा पहिलो पार्टी एमालेकै टक्करमा छ । मत गणना जारी रहँदा कांग्रेसले एमालेसँगको मतगणना धेरै घटाएको छ । 

पछिल्लो मत परिणाम अनुसार कांग्रेस र एमाले बीच ६२ हजार १०५ को मतान्तर रहेको छ । मतगणनाका क्रममा एमाले-कांग्रेसको मतान्तर झन्डै १ लाख रहेपनि पकड क्षेत्रमा कांग्रेसले आफ्नो मत एमालेलाई टक्कर दिने गरि बढाएपछी मतान्तर घटेको हो । कांग्रेसले अहिलेसम्म ३० लाख ६८ हजार ३२४ मत ल्याउँदा एमालेले ३१ लाख ३० हजार ४२९ मत पाएको छ ।

त्यस्तै नेकपा माओवादी केन्द्र तेस्रो स्थानमा रही अहिलेसम्म १२ लाख ७४ हजार ५४४ मत ल्याएको छ । त्यस्तै चौथो स्थानमा संघीय समाजवादी फोरम नेपालले ४ लाख ५९ हजार ५९९ मत पाएको छ ।

त्यस्तै राष्ट्रिय जनता पार्टी नेपालले ४ लाख ४७ हजार ८७९ मत पाएर पाँचौं स्थानमा छ भने थ्रेस होल्ड नकटाउने निश्चित जस्तै भएका अन्यदलहरु विवेकशील साझा पार्टीले २ लाख ११ हजार ५१४ मत, राष्ट्रिय प्रजातन्त्र पार्टीले १ लाख ९३ हजार ९५५ मत, राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)ले ८७ हजार ५३३ मत, नयाँ शक्तिले ८० हजार ७४२ मत र राष्ट्रिय जनमोर्चाले ६२ हजार ४५ मत पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो