२०८२, ८ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एमाले अध्यक्ष ओली र राजदूत ओगावाबीच भेटवार्ता

२०७४, १ पुष शनिबार १३:५९

पुस १, भक्तपुर । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेपालका लागि जापानका राजदूत मासासी ओगावाबीच आज भेटवार्ता भएको छ । 

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा वाम गठबन्धनले बहुमत ल्याएकामा बधाई दिन आज बालकोटस्थित ओली निवास पुग्नुभएका राजदूत ओगावा र ओलीबीच भेटवार्ता भएको हो । 

सो अवसरमा अध्यक्ष ओलीले मित्र राष्ट्रहरुको साथ सहयोग लिएर अघि बढ्न आफू तयार रहेको बताउनुभयो । जापानबाट आफूले सदाजस्तै विकास निर्माण, सामाजिक जनचेतना आदि क्षेत्रमा सहयोगको अपेक्षा गरेको बताउँदै उहाँले भन्नुभयो, “हामी सबै अन्तर्राष्ट्रिय छिमेकीको साथ सहयोग लिएर अघि बढ्न तयार छौँ ।” 


भेटमा अध्यक्ष ओलीले आफू र आफ्नो गठबन्धन संविधान र कानूनको परिधिमा रहेर काम गर्ने बताउनुभयो । भ्रष्टाचार न्यूनीकरण, विकास, समृद्धि, पारदर्शीताजस्ता कुरालाई प्राथमिकतामा राखेर आफू अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्दै उहाँले भन्नुभयो, “हामी लोकतन्त्रका आधारभूत मूल्य मान्यता स्थापित गर्ने कुरामा प्रतिबद्ध छौँ ।” 

आगामी सरकार असमानता, गरिबी, सामाजिक विभेदजस्ता नेपाली समाजका बेथितिहरु हटाउन प्रयासरत रहने उहाँको भनाइ थियो । 

राजदूत ओगावाले अध्यक्ष ओलीलाई बधाई दिँदै नेपालमा अब स्थायी सरकार निर्माण हुने आफूले अपेक्षा गरेको बताउनुभयो । उहाँले नेपालको विकास निर्माणमा जापानले विगतदेखि नै गर्दै आएको सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह