२०८२, ८ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

समानुपातिकको मतगणना सकियो, कुन दलले कति मत पाए, कति सिट पाए ?

२०७४, २ पुष आईतवार ०९:१५

पुस २, काठमाडौं । समानुपातिक निर्वाचन प्रणालीको मतगणना सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आयोगका अनुसार १ करोड ५ लाख भन्दा बढी खसेपनि ९५ लाख ४४ हजार ७४१ मत मात्र सदर भएको छ । 

समानुपातिक मत परिणाम अनुसार सबैभन्दा पहिलो दल बनेको नेकपा एमालेले ३१ लाख ७३ हजार ४९४ मत पाएको छ ।

त्यस्तै दोस्रो दल नेपाली कांग्रेसले ३१ लाख २८ हजार ३८९ मत पाएको छ । उसले एमालेले भन्दा ४५ हजार १०५ मत कम पाएको हो । उता माओवादी केन्द्रले १३ लाख ३ हजार ७२१ मत प्राप्त गरेको छ । चौथो दल राजपाले ४ लाख ७२ हजार २५४ मत पाएको छ भने पाँचौं दल संघीय समाजवादी फोरमले ४ लाख ७० हजार २०१ मत पाएका छन् ।

बाँकी ४४ दलले थ्रेसहोल्ड कटाउन सकेनन् 

यस पटकको निर्वाचनमा छैटौं ठुलो दल बनेको विवेकशील साझा पार्टीले २ लाख १२ हजार ३६३ मत प्राप्त गर्यो तर थ्रेसहोल्ड भने कटाउन सकेन । त्यस्तै राप्रपाले १ लाख ९६ हजार ७८२ मत प्राप्त गरेको छ । त्यस्तै राप्रपा प्रजातान्त्रिकले ८८ हजार ३७७, नयाँ शक्तिले ८१ हजार ८३७ र राष्ट्रिय जनमोर्चाले ६२ हजार १३३ मत पाएका छन् ।

कुन दललाई कति सिट ?

प्रतिनिधिसभाको समानुपातिकमा ३ प्रतिशत थ्रेसहोल्ड राखिएकाले सम्भावना रहेका दलहरु समेतले समानुपातिकमा थ्रेसहोल्ड कटाउन सकेनन् । कुल सदर मतको ३ प्रतिशत अर्थात २ लाख ८६ हजार ३४२ मत नपाएका दलहरुले समानुपातिक सिट पाउने छैनन् । यही मतलाई आधार मान्दा थ्रेसहोल्डको नजिक पुगेको विवेकशील साझा पार्टी ७३ हजार ९७९ मतले पछाडी पर्यो । 

निर्वाचन आयोगले भेरिफाइ गर्न बाँकी भएकाले त्यसपछी औपचारिक रुपमा कुन दलले कति पाउने भन्ने जानकारी पाउन सकिने भएपनि आंकलन अनुसार एमालेले ४१ सिट, कांग्रेसले ४० सिट, माओवादी केन्द्रले १७ सिट, राजपा र फोरमले ६/६ सिट पाउने देखिएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह