पुस २, काठमाडौँ | नेकपा एमाले र माओवादी केन्द्रले नयाँ सरकार गठनका लागि मार्गप्रसस्त गर्न सरकारसँग आग्रह गरेका छन् । दुई दलका शीर्ष नेताहरुले पत्रकार सम्मेलन गरी जनमतको अवमूल"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

पुस २, काठमाडौँ | नेकपा एमाले र माओवादी केन्द्रले नयाँ सरकार गठनका लागि मार्गप्रसस्त गर्न सरकारसँग आग्रह गरेका छन् । दुई दलका शीर्ष नेताहरुले पत्रकार सम्मेलन गरी जनमतको अवमूल"/>

२०८२, ९ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वाम गठबन्धनको सरकारलाई आग्रह सहितको संयुक्त विज्ञप्ति यस्तो छ

२०७४, २ पुष आईतवार १२:१५

पुस २, काठमाडौँ | नेकपा एमाले र माओवादी केन्द्रले नयाँ सरकार गठनका लागि मार्गप्रसस्त गर्न सरकारसँग आग्रह गरेका छन् । दुई दलका शीर्ष नेताहरुले पत्रकार सम्मेलन गरी जनमतको अवमूल्यन नगर्न चेतावनी समेत दिएका हुन् ।

संयुक्त पत्रकार सम्मेलनपछि जारी गरेको संयुक्त प्रेस विज्ञप्ति यस्तो छ: 

प्रेस वक्तव्य

२०७४ मंसीर १० र २१ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनमा नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) समेतका साझा वामपन्थी उम्मेद्वारहरुको पक्षमा मतदान गर्नुहुने र हामीलाई अत्याधिक वहुमतका साथ निर्वाचित गर्नुु हुने दिदिबहिनी तथा दाजुभाइहरुलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछौं । निर्वाचन परिचालन एवं प्रचार–प्रसारमा सक्रियतापूर्वक लाग्नुहुने वामपन्थी दलहरुका सम्पूर्ण नेता, कार्यकर्ता तथा सदस्यहरु तथा हाम्रो निर्वाचन अभियानको पक्षमा विभिन्न ढंगले सरिक  राजनीतिक दलहरु,उम्मेदवारहरु र प्रचारकहरुलाई धन्यवाद ज्ञापन गर्दछौं । जनताबाट निर्वाचित हुनुभएका प्रतिनिधिसभा तथा प्रदेशसभाका सदस्यहरुलाई हार्दिक वधाई दिंदै सफल कार्यकालका लागि शुभकामना व्यक्त गर्दछौं ।

त्यसैगरी आ–आफ्नो आस्था एवं विश्वासको आधारामा विभिन्न पार्टी एवं उम्मेदवारहरुको पक्षमा मतदान गरेर संविधानको कार्यान्वयन र लोकतन्त्रको सवलीकरणमा योगदान गर्नुहुने सम्पूर्ण मतदाताहरुलाई धन्यवाद ज्ञापन गर्दछौं । निर्वाचनको प्रभावकारिता अभिवृद्धि गर्न योगदान गर्नुहुने सञ्चारकर्मी एवं सञ्चार माध्यमहरुप्रति धन्यवाद व्यक्त गर्दछौं । स्वतन्त्र एवं निष्पक्ष निर्वाचनका लागि भूमिका निर्वाह गर्नुहुने निर्वाचन आयोग, राष्ट्रसेवक कर्मचारी एवं सुरक्षाकर्मीहरुलाई धन्यवाद ज्ञापन गर्दछौं ।

हामीले राजतन्त्रको अन्त्य, संविधानसभाको निर्वाचन र संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना गर्नमा नेतृत्वदायी भूमिका निर्वाह गरेका छौं । अनेक प्रकारका अवरोधहरुलाई पन्छाउँदै संविधानसभाबाट संविधान जारी गर्नमा निर्णायक भूमिका निर्वाह गरेका छौं । नेपाली समाजमा विद्यामान सबै प्रकारका विभेद, असमानता र शोषण, उत्पिडन विरुद्धको संघर्षमा नेतृत्वदायी भूमिका निर्वाह गरेका छौं । राष्ट्रिय स्वाधीनता, समृद्धि, समानता र सामाजिक न्यायको पक्षमा निर्णायक भूमिका निर्वाह गरेका छौं । सरकारको नेतृत्वमा रहँदा जनता र राष्ट्रको पक्षमा रचनात्मक र सकारात्मक भूमिका निर्वाह गरेका छौं । अब हामी संक्रमणकाललाई समाप्त गर्न, राजनीतिक स्थायीत्व कायम गर्न, संविधानको रक्षा र कार्यान्वयन गर्दै समृद्धि हासिल गर्न, लोकतन्त्रलाई सवल र सुदृढ तुल्याउँदै लोकतन्त्रलाई जीवन पद्धतीको रुपमा स्थापित गर्न, राष्ट्रिय स्वाधीनता,एकता र सामाजिक सद्भाव, सार्वभौमसत्तालाई सुदृढ तुल्याउन र सुखी जीवनको नेपाली चाहनालाई व्यवहारिक रुपमा सार्थक तुल्याउन  प्रतिवद्ध छौं । नेपालको संविधानद्घारा निर्देशित स्वतन्त्र परराष्ट्र नीतिको अनुशरण गर्दै हामी सबै मित्र राष्ट्र,विशेषतः छिमेकी देशहरु त्था अन्तराष्ट्रिय संघ,संस्थाहरुसंग सुमधुर सम्बन्ध कायम गर्न कटिबद्ध छौं ।

यही उद्देश्यका साथ हामीले पार्टी एकता गर्ने घोषणा गरेका हौं र यस निर्वाचनमा आपसी तालमेल गरेका हौं । हामी नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) समेत वामपन्थी शक्तिको नेतृत्वमा स्थीर सरकार निर्माण गर्न र उपरोक्त वमोजिका उद्देश्य हासील गर्न प्रतिवद्ध छौं । निर्वाचनका क्रममा प्रस्तुत गरिएको केन्द्रीय घोषणा पत्र तथा स्थानीय प्रतिवद्धताको कार्यान्वयन गर्दै जनता र राष्ट्रको सेवामा समर्पित हुन संकल्पवद्ध छौं ।

हामीले प्रतिपक्षको संवैधानिक व्यवस्थालाई प्रभावकारी रुपमा कार्यान्वयन गर्नेछौं र प्रतिपक्षबाट पनि रचनात्मक भूमिकाको अपेक्षा गर्दछौं । त्यसैगरी सबै मतदाता, राष्ट्रसेवक कर्मचारी, सुरक्षाकर्मी र संचारकर्मीहरुबाट पनि साथ, समर्थन र सहयोगको अपेक्षा गर्दछौं ।

निर्वाचन परिणाम प्रकाशित भए पश्चात् सार्वजनिक भएका वर्तमान कामचलाउ सरकारका अभिव्यक्ति र कृयाकलापहरु नेपालको संविधान, अन्तराष्ट्रिय प्रचलन र हाम्रै विगतका अभ्यास विपरीत छन् । सरकारको यस किसिमको व्यवहारबाट सरकार गठन, संविधान कार्यान्वयन र लोकतन्त्रको सहज अभ्यासमा अवरोध सृजना हुनुका साथै जनमतको अवमूल्यन तथा अनादर समेत भएको छ । हामी प्रधानमन्त्रीलाई संविधानको गलत व्याख्या नगर्न, संविधानको सहज कार्यान्वयनमा अवरोध सृजना नगर्न र संविधान सम्मत एवं लोकतान्त्रिक विधिका साथ प्रकट भएको जनमतलाई अवमूल्यन तथा अनादर नगर्न र ताजा जनादेश अनुरुप नयाँ सरकार गठन गर्नका लागि मार्ग प्रशस्त गर्न आह्वान गर्दछौं ।

केपी शर्मा ओली (अध्यक्ष) 

नेकपा (एमाले) 

पुष्पकमल दाहाल प्रचण्ड (अध्यक्ष)

नेकपा (माओवादी केन्द्र)

मिति: २०७४ पुष २ गते


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा फागुन २१ पछि पहिलो पार्टी बन्ने एमालेको दाबी देश लुट्नेहरूलाई भाग्न पर्ने ठाउँमा पुर्‍याउने काम गर्‍यौँ: रवि लामिछाने सेना परिचालन हुँदा पनि शाान्त हुन सकेन रौतहटको गौर यात्रुबाहक बस विद्युतको पोलमा ठोक्किँदा ९ जना घाइते खैरो हेरोइनसहित युवक पक्राउ युवाका लागि स्वदेशमै अवसर सिर्जना गर्न आवश्यक : प्रधानमन्त्री एमालेको झण्डा जलाइएको हो भने दोषीलाई कारवाही हुन्छः निर्वाचन आयोग दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश प्रधानमन्त्री कार्कीद्वारा मुक्तिनाथको दर्शन रास्वपाको भैरहवा र पोखराको चुनावी सभा स्थगित बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ स्रोत नखुलेको नगदसहित एकजना पक्राउ दुई समुदायबिच झडप, अवस्था तनावग्रस्त निर्वाचनकानिम्ति आवश्यक स्रोतसाधनको कमी हुँदैन : अर्थमन्त्री खनाल शुक्रबार सुनको मूल्य स्थिर सिकारुलाई देश जिम्मा दिनुहुँदैन, राज्य सञ्चालन खेल होइन: विश्वप्रकाश शर्मा