११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ओली र प्रचण्ड समझदारीबाट अध्यक्ष र प्रधानमन्त्री बन्नुहुन्छ: रावल

३ पुष २०७४, सोमबार ११:११

पुस ३, काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले एमाले र माओवादी केन्द्रवीच एकता र सरकार गठनबारे आन्तरिक छलफल सुरु भैरहेकोले सहमतिमै सबै कुरा टुँगो लगाउने विश्वास दिलाए । 

उनले भने,‘दुवै पार्टीका नेताहरु केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई एउटालाई प्रधानमन्त्री र अर्कोलाई अध्यक्ष बनाएर पार्टी एकता हुन्छ।’

सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले पार्टी एकता र सरकार गठनबारे दुवै पार्टीका शीर्ष नेताहरु बसेर छलफल अघि बढाईसकेको सुनाए । 

उनले थपे,‘हामी अहिले दुई वटा पार्टीहरुलाई एउटै बनाउने भनेर एकता प्रक्रिया सुरु गरिसकेका छौं, अबको प्रधानमन्त्री केपी शर्मा ओली बन्ने संभावना बढि छ, हामी बैठकहरु बसिरहेका छौं, संयोजन समिति निर्माण गर्ने प्रक्रियामा छौं, एकता गर्दा हामी केन्द्र, प्रदेश, जिल्ला र स्थानीय तहका पार्टी कमिटिलाई समायोजन गरेर जान्छौं।’

उनले एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड दुवै नेताहरुलाई आपसी मेलका आधारमा अध्यक्ष र प्रधानमन्त्रीको भूमिका उचित किसिमबाट दिएर सन्तुलनमा राखेर अघि बढ्ने विश्वास दिलाए । उनले थपे,‘अहिले प्रधानमन्त्रीमा जसको नाम आएको छ, उहाँलाई बधाई तथा शुभकामना दिऔं, दुवै नेताहरुलाइ सन्तुलनमा राखेर हामी अघि बढ्छौं।’

उपाध्यक्ष रावलले सरकार निर्माणका प्रक्रियापनि दुवै पार्टीका शीर्ष नेताहरु एक ठाउँमा बसेर तय गर्ने सुनाए । उनले थपे,‘जनताका ईच्छा र आकांक्षा पूरा गर्नेगरि हामी अघि बढ्छौं । अबको एउटै उद्देश्य भनेको विकास र समृद्धि हो।’

उनले सबै राजनीतिक दलहरुले सुझबुझका साथ नेपालको संविधानलाई कार्यान्वयन गर्ने, लोकतान्त्रिक मान्यता र मुल्यलाई बलियो बनाउने दिशातर्फ उन्मुख हुनु अत्यन्तै आवश्यक रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो