११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

दिल्लीवाट एक महिलाको उद्धार, बिचौलिया नियन्त्रणमा

३ पुष २०७४, सोमबार ११:५४

माधव बेल्वासे/पुस ३, कपिलवस्त । रोजगारीको लागि दिल्ली हुदै तेस्रो मुलुक पुर्याउन लागेकी एक महिलाको भारतको दिल्लीबाट आइतवार उद्धार गरिएको छ ।

मेचीनगर झापा घर भएकी वर्ष ४० की उक्त महिलालाई मनिषा शिवाकोटी नाम गरेकी एक महिलाले  कुबेतमा रोजगारीको लागि पठाउने बाहानामा दिल्ली पुर्याएर नौसाद नामक एक भारतीय व्यक्तिको जिम्मा लगाई आफु त्यहाँवाट फरार भएको पिडीत महिलाले बताएकी छिन् ।

केही समय अगाडि भारतका विभिन्न सामाजिक संघसंस्थासंगको भेटघाट र छलफलको क्रममा के. आई. नेपालका कार्यक्रम निर्देशक इन्द्रराज भट्टराई र दिल्ली महिला आयोग प्रमुख स्वाती मतियाल  बीच बेचबिखनमा परेका नेपाली महिला तथा बालबालिकाहरुको उद्धार र पुनस्र्थापना कार्यमा सहकार्य गर्ने सहमति भए बमोजिम दिल्ली महिला आयोग र के.आई. नेपालले दिल्लीको कमालपुर क्षेत्रमा छापा मारेर उक्त महिलाको उद्धार गर्न सफल भएको हो । 

नेपाली महिलाहरुलाई भारत हुदै तेस्रो मुलुकममा रोजगारीको बहानामा पुर्याउने कार्यका पुरै गिरोह सक्रिय रहेको स्वीकार गरेका नौसादलाई प्रहरीले पक्राउ गरेको छ भने रोजगारीको वाहानामा दिल्लीमा अन्य नेपाली महिलाहरु पनि यसरी नै वन्धक बनाएर राखिएको हुन सक्ने आशंका व्यक्त गर्दे दिल्ली महिला आयोगले यस घटनाप्रति गम्भीर भएको बताएको छ । 

विगतका वर्षहरुमा झै यस वर्ष पनि दुई महिनाको अन्तरालमा ३ महिला तथा ३ किशोरीको उद्धार गरी परिवारमा पुनर्मिलन गराउन सफल यस संस्थाले भारतको विभिन्न ठाउँमा रहेर बेचबिखनको जोखिममा रहेकाहरुको उद्धार र पुनस्र्थापना गरी सीप समेत सिकाई आत्मनिर्भर वनाउने र परिवार तथा समुदायमा पुनर्मिलन गराउने कार्यलाई निरन्तर दिदै प्रभावकारी रुपमा अघि बढीरहेको संस्थाका कार्यक्रम निर्देशक इन्द्रराज भट्टराईले जानकारी दिनुभएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो