११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) को नौ सदस्यीय समिति गठन

४ पुष २०७४, मंगलवार १२:५७

पुस ४, काठमाडौँ (रासस) | राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) को उच्चस्तरीय कार्य सम्पादन समितिको बैठकले निर्वाचनको समीक्षा गरी प्रतिवेदन तयार गर्न अध्यक्ष पशुपतिशम्शेर जबराको संयोजकत्वमा नौ सदस्यीय विश्लेषण तथा समीक्षा समिति गठन गरेको छ । 

प्रवक्ता राजेन्द्र गुरुङका अनुसार समितिको सदस्यमा उपाध्यक्षत्रय दीपक बोहरा, केशरबहादुर विष्ट र विक्रम पाण्डे, महामन्त्रीद्वय सुनिलबहादुर थापा र ध्रुवबहादुर प्रधान, नेताहरु नवराज सुवेदी, हरिबहादुर बस्नेत र ठाकुरप्रसाद शर्मा हुनुहुन्छ ।

उक्त समितिले बुधबारदेखि काम शुरु गरी यही पुस मसान्तभित्र प्रतिवेदन पार्टीलाई बुझाउनेछ । केन्द्रीय कार्यालय चाबहिलमा आज बसेको बैठकमा महामन्त्री प्रधानले निर्वाचनमा पार्टीको अवस्था तथा कोषाध्यक्ष नीलकण्ठ काफ्लेले आर्थिक विषयको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । 

बैठकले मुलुकमा विकसित भएको राजनीतिक अवस्थाको समीक्षा गरी पार्टीलाई नयाँ शिराबाट अगाडि बढाउने निर्णय गर्दै प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन शान्तिपूर्ण ढङ्गबाट सम्पन्न गरेकामा सरकारलाई धन्यवाद दिएको प्रवक्ता गुरुङले जानकारी दिनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो