2026-07-04 11:55 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) को नौ सदस्यीय समिति गठन

पुस ४, काठमाडौँ (रासस) | राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) को उच्चस्तरीय कार्य सम्पादन समितिको बैठकले निर्वाचनको समीक्षा गरी प्रतिवेदन तयार गर्न अध्यक्ष पशुपतिशम्शेर जबराको संयोजकत्वमा नौ सदस्यीय विश्लेषण तथा समीक्षा समिति गठन गरेको छ । 

प्रवक्ता राजेन्द्र गुरुङका अनुसार समितिको सदस्यमा उपाध्यक्षत्रय दीपक बोहरा, केशरबहादुर विष्ट र विक्रम पाण्डे, महामन्त्रीद्वय सुनिलबहादुर थापा र ध्रुवबहादुर प्रधान, नेताहरु नवराज सुवेदी, हरिबहादुर बस्नेत र ठाकुरप्रसाद शर्मा हुनुहुन्छ ।

उक्त समितिले बुधबारदेखि काम शुरु गरी यही पुस मसान्तभित्र प्रतिवेदन पार्टीलाई बुझाउनेछ । केन्द्रीय कार्यालय चाबहिलमा आज बसेको बैठकमा महामन्त्री प्रधानले निर्वाचनमा पार्टीको अवस्था तथा कोषाध्यक्ष नीलकण्ठ काफ्लेले आर्थिक विषयको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । 

बैठकले मुलुकमा विकसित भएको राजनीतिक अवस्थाको समीक्षा गरी पार्टीलाई नयाँ शिराबाट अगाडि बढाउने निर्णय गर्दै प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन शान्तिपूर्ण ढङ्गबाट सम्पन्न गरेकामा सरकारलाई धन्यवाद दिएको प्रवक्ता गुरुङले जानकारी दिनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै पेट्रोलपम्प बन्द गर्नेविरुद्ध सरकारको कडा कदम, १० लाख जरिवाना, १५ दिन बिक्री-वितरण रोक्का शुक्रबार सुनचाँदीको मूल्य बढ्यो नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी दिने २३ जना पक्राउ वैदेशिक क्षेत्रसँग वित्तीय सम्बन्ध नै टुट्ने भएकाले हामी ग्रे लिष्टबाट निष्कनुपर्छ: अर्थमन्त्री वाग्ले लोकतन्त्रमा सरकारको समर्थन गर्न पाइन्छ र विरोध गर्न पनि पाइन्छ: ज्ञानेन्द्र शाही विष्णु पौडेललाई थप ६ दिन हिरासतमा राख्न अनुमति सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको यात्रुबाहक माइक्रो कर्णाली नदीमा खस्यो सबै प्रदेशमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विस्तार गर्छौं : महावीर पुन मन्त्रिपरिषद् बैठक बस्दै सरकारी कागजात मोबाइलबाट स्क्यान नगर्न प्रधानमन्त्री कार्यालयको निर्देशन