११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वाम गठबन्धनको अग्निपरीक्षा शुरु भयो: नेपाल

५ पुष २०७४, बुधबार ०९:११

पुस ५, काठमाडौँ । नेकपा (एमाले)का नेता माधवकुमार नेपालले चुनाव हुनु अगाडि वाम गठबन्धनद्वारा जनतालाई गरिएका सम्पूर्ण प्रतिबद्धता पूरा गर्ने बताउनुभएको छ । 

नेकपा (एमाले) कागेश्वर मनहरा नगरपालिका–७ ले आज आयोजना गरेको चियापान कार्यक्रममा पूर्वप्रधानमन्त्री नेपालले निर्वाचनमा उक्त गठबन्धनले सरकारको स्थायित्वका लागि गरेको प्रतिबद्धता र समृद्ध नेपाल बनाउन राखेको दृष्टिकोणका आधारमा जनताले स्पष्ट बहुमत दिएकाले ती कार्य पूरा गर्नुपर्नेमा जोड दिनुभएको हो । 

उहाँले वाम गठबन्धनको अब अग्निपरीक्षा शुरु भए पनि वामपन्थी नेतृत्वको सरकारले बोलेका कुरा पूरा गरेर देखाउने स्थानीयवासीलाई विश्वास दिलाउनुभयो ।

काठमाडौँ निर्वाचन क्षेत्र नं २ बाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य नेपालले मुलुकको समृद्धिका लागि राजनीतिक स्थिरताको खाँचो औँल्याउँदै अब देशमा दण्डहीनताको अन्त्य हुने र विधिको शासन कायम गरी रोजगार सिर्जना गर्ने विषयलाई प्राथमिकता दिइने बताउनुभयो । 

वाम गठबन्धनको सरकार गठन भएपछि देशमा संक्रमणकालीन समयको अन्त्य हुने र स्थानीय पूर्वाधार तथा विकास निर्माणले तीव्रता पाउनेमा पनि नेता नेपालले जोड दिनुभयो ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो