२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

प्रदेश नम्बर ७ को राजधानीका लागि आ–आफ्नै दावी (कसको कहाँ दावी ?)

५ पुष २०७४, बुधबार १३:१०

पुस ५, धनगढी (रासस) | आ–आफ्नै जिल्लामा प्रदेश राजधानी हुनुपर्ने माग गर्दै ७ नम्बर प्रदेशका विभिन्न जिल्लामा दवाव स्वरुप संघर्ष गर्न थालिएको छ । 

यस प्रदेशको डडेलधुरा, दीपायल, अत्तरिया र धनगढीमा प्रदेश राजधानी तोकिनु पर्ने मागसहित ती क्षेत्रका सर्वसाधारण र नेता कार्यकर्ताहरु संघर्षका कार्यक्रममा उत्रिएका हुन् । 

‘राजधानी अत्तरिया नै उपयुक्त हुनसक्छ’ निर्वाचन परिणाम आए लगत्तै नेकपा माओवादी केन्द्रका नेता लेखराज भट्टले संचारकर्मीसँग आफ्नो धारणा राख्नुभएको थियो । जनघनत्व, यातायातको सहजता, थारु बाहुल्य जिल्ला र पहाडी जिल्लाका बासिन्दा सबैको सहज आवागमन हुनसक्ने अत्तरिया नै उपयुक्त हुने नेता भट्टको तर्क छ । 

कैलाली कंचनपुरबाट निर्वाचित भएका प्रदेश सभाका प्रायः सबैजसो सदस्यले अत्तरियालाई नै राजधानी बनाउनुपर्ने मत प्रकट गरिरहँदा पहाडी जिल्लाबाट निर्वाचित सांसदले भने दीपायल वा डडेलधुरामध्ये एक ठाउँमा राजधानी हुनुपर्ने धारणा सार्वजनिक गरिरहेका छन् । 

प्रदेश नं ७ को राजधानी अत्तरिया बनाउनु पर्ने माग गर्दै मंगलबार अत्तरियाका बासिन्दाहरुले सरकारलाई ज्ञापन पत्र बुझाए । 

ज्ञापनपत्र बुझाउँदै संघर्ष समितिका अध्यक्ष नन्दराज भट्टले अत्तरियामा राजधानी नभए दीर्घकालीन आन्दोलन गर्ने चेतावनी दिनुभयो । भट्टको संयोजकत्वमा सबै राजनीतिक दलका प्रतिनिधि रहने गरी आन्दोलनका लागि नौ सदस्यीय समिति समेत गठन गरिएको छ । 

सरकारले यस प्रदेशको राजधानीका लागि सम्भाव्य ठाउँको खोजी गरिरहेको छ । अस्थायी राजधानीका रुपमा भने दीपायल वा धनगढीको चर्चा छ । 

प्रदेशको राजधानीका लागि आवश्यक पर्ने भौतिक संरचना निर्माण पहाड भन्दा तराईमा कम खर्चिलो हुने र राजधानीका लागि चाहिने आवश्यक पूर्वाधार पनि पर्याप्त भएकाले राजधानी अत्तरिया उपयुक्त भएको स्थानीय सबै राजनीतिक दलका अगुवा नेता कार्यकर्ताको दावी रहेको छ । 

नेपाली काँग्रेसका नेता लोकराज पाण्डेयले भन्नुभयो – ‘सबै दृष्टिले अत्तरिया प्रदेश राजधानी बनाउनु उपयुक्त रहेको छ ।’ थारु समुदायका अगुवा नेता प्रभात चौधरी भने प्राकृतिक न्यायको सिद्धान्त र अन्तर्राष्ट्रिय मापदण्ड अनुरुप प्रदेश राजधानी दीपायल वा डडेलधुरामा हुनुपर्ने बताउनुहुन्छ । 

आ–आफ्नै ठाउँमा प्रदेश राजधानी तोक्नु पर्ने माग उठिरहेको भएपनि प्रदेश सभाको बैठकलाई प्रदेशको नामकरण र राजधानी तोक्ने अधिकार रहेको छ । 

यसैबीच, धनगढीमा उपलब्ध रहेको पूर्वाधार तथा भवनको विवरण पठाउन केन्द्रबाट निर्देशन आएबमोजिम धनगढीका ११ वटा कार्यालयको विवरण केन्द्रमा पठाइएको शहरी विकास तथा भौतिक विभाग डिभिजन कार्यालयका प्रमुख रविन्द्र बोहराले बताउनुभयो । 

कार्यालयले गरेको सिफारिशमा प्रदेश प्रमुखको सचिवालय र निवास, प्रदेशसभा भवन, मुख्य मन्त्री र प्रदेश प्रमुखको कार्यालय र निवास, मन्त्रालयहरु र मन्त्रीको निवास जस्ता संरचनाको विस्तृृत विवरण उल्लेख गरिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला