११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

संविधनमा बहुमत प्राप्त दलका नेतालाई प्रधानमन्त्री नियुक्त गर्ने व्यवस्था छः नेता नेम्वाङ

५ पुष २०७४, बुधबार १३:५६

पुस ५, काठमाडौँ (रासस) | नेकपा (एमाले) का नेता सुवास नेम्वाङले निर्वाचन आयोगले समानुपातिकतर्फबाट सांसदको नाम राष्ट्रपतिसमक्ष बुझाएपछि मात्र प्रतिनिधिसभाले पूर्णता पाउने बताउनुभएको छ । 

प्रेस काउन्सिल नेपाल र नेपाल पत्रकार महासंघ काठमाडौँ शाखाले आज यहाँ आयोजना गरेको ‘पत्रकार आचारसंहिता र पत्रकारिताको वर्गीकरण’ विषयको अन्तरक्रियामा उहाँले राष्ट्रपतिलाई आयोगले समानुपातिकतर्फबाट निर्वाचित सांसदको नाम चाँडै नै पठाउने बताउनुभयो । 

नेता नेम्वाङले २०४७ सालको संविधान जस्तै अहिलेको संविधान रहेकाले राष्ट्रपतिले बहुमत प्राप्त दलका नेतालाई प्रधानमन्त्री नियुक्त गर्ने व्यवस्था रहेको बताउनुभयो । “संसद्मा प्रस्ताव राखेर प्रधानमन्त्री चयन गर्न अहिलेको व्यवस्थाले मिल्दैन, २०४७ सालको संविधान जस्तै प्रतिनिधिसभाको बहुमत प्राप्त गर्ने नेतालाई प्रधानमन्त्री नियुक्त गर्ने प्रक्रिया छ”– उहाँले भन्नुभयो । 

कार्यक्रममा प्रेस काउन्सिलका सदस्य गोविन्द चौलागाईँ र ईश्वरी ओझाले आचारसंहितामा रहेर मात्र सञ्चार संस्थाले समाचारको प्रकाशन प्रसारण गर्नुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो